लालबन्दी नगरपालिका

From Wikipedia, the free encyclopedia

लालबन्दी नगरपालिकाmap

लालबन्दी नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दीपत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो।[५]

छरितो तथ्यहरू लालबन्दी नगरपालिका, देश ...
लालबन्दी नगरपालिका
Thumb
मधेश प्रदेशको नक्सामा लालबन्दी नगरपालिकाको अवस्थिति
Thumb
लालबन्दी नगरपालिका (नेपाल)
निर्देशाङ्क: 27.04°N 85.63°E / 27.04; 85.63
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखवासुदेव अधिकारी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखकल्‍पनामाया पाख्रीन (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२३८.५ किमी (९२.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६६,४१९
  घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

परिचय

लालबन्दी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, खान र सिचाईको लागि प्रसस्त पानी, विद्यार्थीको लागि प्रसस्त स्कूल र कलेज, फलफूल तथा तरकारी अन्य किसिमका उत्पादन लागि छुटै बजार, कल-कारखानाको लागि चाहिने वातावरण, ब्यपारको लागि बजार, रकम राख्नको लागि बैङ्कसहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउँ हो । तामाङ, नेवार, मगर, क्षेत्री, वाहुन, दलित, मधेसीका साथै प्राय सवै धर्म मान्ने मानिसहरूको वसोवास रहेको छ । यो नेपालको सबै भन्दा बढी गोलभेडा पाइने ठाउँ पनि हो । सायद लालबन्दिको नाम यहाँ पाउने लाल गोलभेडा र बन्दागोभी को सुयुक्त नामले लालबन्दी नाम हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ । यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ । साथै धान, मकै, गहुँ तथा अन्य कृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ ।[६] लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला यहाँ वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्तिदिन संख्या बढ्दै गइ राखेको छ।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लालबन्दी नगरपालिकाको कुल जनसङ्ख्या ६६,४१९ रहेको छ भने यहाँ १४,८७३ घरधुरी रहेका छन्।[२]


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.