Remove ads
यो भिम्सेन् थापाले बनाएका हुन् । From Wikipedia, the free encyclopedia
राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन रहेका छन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक सङ्ग्रहालय भवन) ।
स्थापित | १९२८ |
---|---|
स्थान | छाउनी ,काठमाडौँ, नेपाल |
प्रकार | सङ्ग्रहालय |
वेबसाइट | www.nationalmuseum.gov.np |
राष्ट्रिय सङ्ग्रहालय नेपालको पहिलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालय १९२८ सालमा हतियार सङ्ग्रहालयको रूपमा प्रधानमन्त्री भिमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको थियो [१]। राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणहरूको पहुँचमा थिएन, यो सङ्ग्रहालय केवल राणा प्रधानमन्त्री, परिवारजन तथा राणाहरूका पाहुनाले मात्र अवलोकन गर्न पाउँथे । यो सङ्ग्रहालय १९३८ सालको डिसेम्बर महिनामा सर्वसाधारणहरूको लागि खुल्ला गरियो । त्यहीबेलादेखि यसलाई छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामाकरण गरियो । सन् १९४२ मा प्रधानमन्त्री जुद्द शमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निमार्ण गरे । त्यो भवनको नाम जुद्ध जातीय कलाशाला राखे । सन् १९६७ सालमा नेपाल सङ्ग्रहालयलाई नेपाल राष्ट्रिय सङ्ग्रहालय भनेर नामाकरण गरियो [२][३]।
यो सङ्ग्रहालय स्वयम्भूनाथ मन्दिर नजिकै रहेको छ । सङ्ग्रहालयको मुख्यद्वारबाट प्रवेश गर्दा देब्रेपट्टि कलाशाला रहेको छ जसमा मूर्ति, हस्तकला तथा चित्रहरू प्रदर्शित गरिएको छ [४]। मुख्यद्वारको अगाडिपट्टि रहेको भवनलाई बुद्ध कलाशाला भनिन्छ जसमा बौद्धधर्मसम्बन्धि कुराहरू राखिएको छ । मुख्यद्वारको दाहिनेपट्टि प्राकृतिक सङ्ग्रहालय रहेको छ ।
यो सङ्ग्रहालय बाह्रै महिना अवलोकन गर्न सकिन्छ । गर्मी महिनामा बिहान १०:३० बजेदेखि बेलुकी ४:३० बजे सम्म, सोमबार बिहान १०:३० देखि दिउँसो ३:३० सम्म, जाडो महिनामा बिहान १०:३० देखि ३:३० सम्म अवलोकन गर्न सकिन्छ । यो सङ्ग्रहालय शनिबार तथा सरकारी बिदाका दिनहरूमा बन्द रहन्छ । [५]
यस कलाशालामा विशेष गरी धातु, काठ तथा ढुङ्गाबाट बनेका बुट्टाका आकृतिहरू अवलोकन गर्न सक्छौं । त्यहाँ रहेका आकृतिहरू मध्ये दास्रो शताब्दिको लिच्छवी राजा जयवर्माको आकृतिलाई प्रतिष्ठित मानिन्छ । यस कलाशालामा लस एन्जलसमा बसोबास गर्ने एक कारीगरी संकलकबाट चोरी भएका मूर्ति अवलोकन गर्न सक्छौं । ती मूर्तिहरू फर्पिङ्गबाट चोरिएको १२औं शताब्दीको विणाधारिणी सरस्वती, भिन्छे बहालबाट चोरिएको ९ औँ शताब्दीको बुद्ध, पनौतीको त्रिबेणी घाटबाट चोरिएको १४ शताब्दीको सूर्य र हयुमत टोल काठमाडौँबाट चोरिएको १० औँ शताब्दीको गरुडाशन विष्णु हुन् [६]।
बुद्ध कारीगरी कलाशालामा बुद्धसम्बन्धि चित्रकला, मूर्ति तथा बौद्ध संस्कृति झल्कने सामग्रीहरू देख्नसक्छौं । यस कलाशालालाई अझ उत्कृष्ट ढङ्गबाट प्रस्तुत गर्न यस कलाशालालाई तीन भागमा विभाजन गरिएको छ तराई, काठमाडौँ उपत्यका तथा उत्तर हिमाल । तराई भागमा बुद्धको जन्मस्थल, चैत्य सम्बन्धी तस्वीर तथा काठमाडौँ उपत्यकामा बुद्धको आकृती वोधिसत्व तामामा कुंदिएका देख्नसक्छौं । उत्तर हिमाली भागमा हामीले तिब्बती बौद्धमार्गकोबारेमा धेरै विकसित संस्कृतिहरू देख्न सक्छौं । थान्का चित्र, तिब्बती धार्मिक वस्तुहरू तथा १९औं शताब्दीको मन्जुश्रीको चित्र यस कलाशालाका उत्कृष्ट सामग्रीहरू हुन् ।
ऐतिहासिक सङ्ग्रहालयको भवन प्रधानमन्त्री भिमसेन थापाले १८औ शताब्दीमा निर्माण गरेका थिए । यस भवनमा नेपालमा पाइने विभिन्न प्रजातिका जनावर, चरा, किराफट्याङ्ग्रासम्बन्धि सामग्रीहरू राखिएका छन् । यहाँ बाघ, चितुवा, रातो पाण्डा, गैंडा तथा ह्वेलका हड्डी अवलोकन गर्न सक्छौं । यस भवनको अर्को विशेषता भनेको यहाँ रहेका सैन्य विभाग हो । जस अन्तर्गत हामी पुराना तथा नयाँ हातहतियार देख्न सक्छौं । यस भवनमा सन् १७९२मा भएको पहिलो नेपाल तिब्बत युद्धको क्रममा जफत गरिएका टोप, श्रीपेच, थोमसन सवमसिन गन, वीरगन सङ्ग्रह गरिएको छ । यस भवनमा नेपोलियन ३ द्वारा दिइएको तरवार तथा बाघ शिकारलाई शाही खेलका रूपमा लिएर बनाइएका चित्रकला अर्का मुख्य आर्कषण रहेका छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.