मोहमद रेजा पहलवी
From Wikipedia, the free encyclopedia
मोहमद रेजा पहलवी (फारसी: محمد رضا پهلوی, pronounced [mohæmˈmæd reˈzɒː pæhlæˈviː]; 26 October 1919 – 27 July 1980),[५] मोहमद रेजा शाह (محمدرضاشاه Mohamad Rezā Ŝāh), १६ सेप्टेम्बर १९४१ देखि इरानी क्रान्तिबाट ११ फेब्रुअरी १९७९ मा राजतन्त्र अन्त्य नभएसम्म इरानको अन्तिम शाह थिए। मोहमद रेजा शाहले २६ अक्टोबर १९६७ मा शहंशाहको (राजाहरूको राजा) उपाधि धारण गरेका थिए।[६] उनी पहलवी वंशका दोश्रो र अन्तिम राजा थिए। मोहमद रेजा शाहले आर्यामार (“ आर्यहरूको प्रकाश “), बोजोर्ग अर्तेश्तरण (“ परमाधिपति”) सहित अन्य कयौ उपाधिहरु लिएका थिए । उनको भन्ने गरेको सपना “महान सभ्यता“(Persian: تمدن بزرگ, translit. tamadon-e bozorg) ले इरानमा द्रुत औद्योगिक र सैन्य आधुनिकीकरण र आर्थिक तथा सामाजिक सुधार गरेका थिए।
मोहमद रेजा पहलवी | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
Aʿlāhazrat Homāyuni Ŝāhanŝāh Āryāmehr[३] Bozorg Arteŝtārān[४] | |||||||||
शासनकाल | १६ सेप्टेम्बर १९४१ – ११ फेब्रुअरी १९७९ | ||||||||
राज्याभिषेक | २६ अक्टोबर १९६७ | ||||||||
पूर्वाधिकारी | रेजा शाह | ||||||||
उत्तराधिकारी | राजतन्त्र अन्त्य सर्वोच्च नेताको रूपमारूहोल्ला खमेनी | ||||||||
जन्म | तेहरान, पर्सिया | २६ अक्टोबर १९१९||||||||
मृत्यु | २७ जुलाई १९८० ६०) कायरो, इजिप्ट | (उमेर||||||||
Burial | 29 July 1980 Al-Rifa'i Mosque, कायरो, इजिप्ट | ||||||||
जीवनसाथी | फाउजिया फाउद
( वि १९३९; सवि १९४८)सोराया एस्फंदियारी-बख्तिअरी
( वि १९५१; सवि १९५८)फराह पहलवी
( वि १९५९) | ||||||||
सन्तान | राजकुमार शाहनाज पहलवी युवराज रेजा पहलवी राजकुमार फराहनाज पहलवी राजकुमार अलि रेजा पलाहवी राजकुमार लेइला पहलवी | ||||||||
| |||||||||
घराना | पहलवी | ||||||||
बाबु | रेजा शाह | ||||||||
धर्म | सिया स्लाम | ||||||||
हस्ताक्षर | ![]() | ||||||||
सैन्य सेवा | |||||||||
शाखा/सेवा | Imperial Iranian Army Imperial Iranian Air Force | ||||||||
सेवाको वर्षहरू | १९३६–१९४१ | ||||||||
श्रेणी | क्याप्टेन | ||||||||
आदेशहरू | आर्मी निरीक्षण विभाग | ||||||||
मोहमद रेजा; द्वितीय विश्व युद्धमा बेलायत-सोभियत आक्रमणपछी उनका पिता रेजा शाह पहलवी अपदस्त गरिएपछी शक्तिमा आएका थिए। मोहमद रेजाको राज्यकालमा प्रधानमन्त्री मोहमद मोसादेघले इरानको तेल उद्योग राष्ट्रियकरण गरे पछि , अमेरिका र बेलायतको समर्थन प्राप्त “कु”बाट मोसादेघ हटाइए। [७] मोहमद रेजाको राज्यकालमा इरानले पर्सियन राजतन्त्रको २५०० वर्षगाठ मनायो। सो अबसरमा रेजाले इरानी पात्रो बदले। [८] मोहमद रेजाले इरानमा आर्थिक, सामाजिक र राजनैतिक सुधारको शृङ्खला मार्फत इरानमा स्वेत क्रान्ति भित्र्याए। जसअनुसार केहि उद्योगहरूलाई राष्ट्रियकरण गर्दै र महिलालाई अधिकार प्रदान गरेर इरानलाई विश्व शक्तिको रूपमा विकाश गर्ने र आधुनिकीकरण गर्ने, रुपान्तरण गर्ने योजना उनले सार्वजनिक गरेका थिए।
उनको सशक्त आधुनिकिकरणको नीति , laïcité, परम्परागत व्यापारी समुहसंगको विवाद, इजरायल संगको सम्बन्ध र उनी स्वयम्, उनको परिवार र सत्तारुढ व्यक्तिहरूको भ्रस्टाचार सम्बन्धि विवादको कारणले उनले विस्तारै इरानको धार्मिक समुह क्लर्जीको समर्थन गुमाए। अन्य थप जस्तै कम्युनिष्ट टुदेश पार्टीमाथि प्रतिबन्ध र इरानी गुप्तचर निकायबाट राजनैतिक बन्दीको दमन र अत्याचार उनका विवादित नीतिहरू थिए। आधिकारिक तथ्यांक अनुसार १९७८ मा इरानमा २,२०० राजनैतिक बन्दी थिए जुन कृतिको समयमा द्रुत गतिमा कयौ गुणाले बढेको थियो ।[९]
१९७९ देखि सुरु भएको राजनैतिक अस्थिरता क्रान्तिमा बदलियो र १७ जनवरीमा उनी इरान छाड्न बाध्य भए। त्यसपछी इरानी राजतन्त्रको औपचारिक अन्त्य भयो र इरान रूहोल्ला खामेनिको नेतृत्वमा स्लामिक गणतन्त्र घोषणा भयो। उनको मृत्यु इजिप्टमा भयो जहाँ रास्ट्रपति अनवर सादतले उनलाई शरण दिएका थिए । उनको अन्तिम शाहको रुपम रहेकाले उनलाई “शाह” मात्र भनिन्छ।



उपलब्धि

१९६० को दशकमा मोहमद रेजा शाहले “स्वेत क्रान्ति” उल्लेख गर्दै इरानलाई आधुनिकीकरण गर्न महत्त्वपुर्ण सुधार गर्ने वाचा गरेका थिए । उनले महिलालाई अधिकार दिने, मजदूरलाई शेयर र अन्य माध्यमबाट सहभागी गराउने नीति ल्याए । १९७० मा उनले बच्चाहरूको लागि निशुल्क शिक्षा लागु गराए । शाहको राज्यकालमा इरानको आयाम अविस्वस्नीय वृद्धि भएको थियो ।
नयाँ स्कुलबाट शैक्षिक प्रणालीमा सुधार ल्याइयो । इम्पेरीयल इरानी शसस्त्र बलद्वारा साक्षरता अभियान चलाइयो । शसस्त्र बलहरूलाई देशको पूर्वाधार विकाश र शैक्षिक परियोजनामा सहभागी गराइयो। शाहले क्लर्जी हुनको लागि परीक्षा दिन संस्थाहरु बनाए। धेरै इरानी विश्वविद्यालयका विद्यार्थीहरु विदेशमा पठाइए।
१९६७ देखि १९७७ को बीच विश्वविद्यालयको सङ्ख्या ७बाट २२ पुग्यो। आधुनिक शिक्षालयको सङ्ख्या ४७बाट २०० पुग्यो। उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको सङ्ख्या ३६,७४२बाट १,००,००० पुग्यो।[१०]
कुटनीतिको क्षेत्रमा इरानले पश्चिमी र पूर्वी युरोपेली देशसँग सम्बन्ध राख्यो र चीन र इजरायलसँग पनि राम्रो सम्बन्ध थियो ।
पूर्वाधार र प्राविधिक सफलतामा उनले आफ्ना पिताको कार्यक्रमलाई निरन्तरता दिए । उनले इस्पात (steel) दुरसंचार, पेट्रोलियम, उर्जा, बाँध र सवारी उद्योगहरूलाई आफ्नो नीतिमा समावेश गरेका थिए।[११][१२][१३]
इरानको इस्लामिक क्रान्ति
मृत्यु
मोहमद रेजाको मृत्यु २७ जुलाई १९८० मा ६० वर्षको उमेरमा भएको थियो। मिस्री राष्ट्रपति सादातले शाहलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरेका थिए। [१४] पहलवी परिवारको साथै अनवर सादात, रिचार्ड निक्सनले उनको अन्त्येष्टिमा कायरोमा उपस्थिति जनाएका थिए। [१५]
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.