भाङ
From Wikipedia, the free encyclopedia
Remove ads
From Wikipedia, the free encyclopedia
भाङ वा भाँगो औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यो नेपालमा फल्ने एक किसिमको बाली हो। यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ। यो बाग्लुङ जिल्लाको प्रसिद्ध उत्पादन हो। पोथी भाँगो चरेस गाँजा जस्ता नशालु पदार्थ बनाउनमा पनि प्रयोग हुन्छ। यसलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । हिन्दूहरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान शिवको प्रसादको रूपमा वर्णन गरिएको पाइन्छ ।
भाङ | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Rosales |
कुल: | Cannabaceae |
वंश: | Cannabis |
प्रजाति: | Cannabis sativa |
उपप्रजाति: | Cannabis sativa ssp. indica |
वैज्ञानिक नाम | |
Cannabis indica Lam. | |
भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, हैजा, पानी देखि डराउने, धनुष्टंकारमा पातको रसको सेवन गरिन्छ । रगतमासी परेको बेलामा यसको पातको काढा बनाएर खाइन्छ । अजीर्ण–अपच, रगत बग्ने, यौनशक्तिमा कमी, पेटमा जुका परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ । होली र शिवरात्री पर्वमा यसको मिठाई बनाएर खाइन्छ । [1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.