From Wikipedia, the free encyclopedia
फिफा महिला विश्वकप एक अन्तर्राष्ट्रिय वरिष्ठ महिला फुटबल प्रतियोगिता हो जसलाई विश्व फुटबलको नियमनकारी निकाय (फ्रान्सेली: Fédération Internationale de Football Association) फेदेरास्योँ आन्तानास्योनाल द फुत्बोल आसोस्यास्योँ (फिफा)ले सञ्चालन गर्ने गर्दछ।[2] यस प्रतियोगितालाई सन् १९९१ देखि नियमित रूपमा चार वर्षको अन्तरालमा सञ्चालन गरिएको छ जहाँ यसको पहिलो प्रतियोगितालाई चीनले आयोजना गरेको थियो जसको नाम प्रारम्भिक रूपमा फिफा महिला विश्व प्रतियोगिता राखिएको थियो। प्रतियोगिताको हालको ढाँचा अन्तर्गत, विभिन्न देशका महिला राष्ट्रिय फुटबल टोलीहरू मध्ये २३ वटा राष्ट्रिय टोलीहरूले छनोट खेलहरू मार्फत प्रतियोगितामा प्रवेश गर्दछन् भने अन्तिम २४औँ स्थानमा, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।
स्थापना | १६ नोभेम्बर १९९१ (फिफा महिला विश्व प्रतियोगिता) |
---|---|
क्षेत्र | फिफा |
समूह सङ्ख्या | २४ |
वर्तमान विजेता | अमेरिका (४औंँ उपाधि)[1] |
सबैभन्दा सफल टोली | अमेरिका (४औँ उपाधि) |
वेबसाइट | फिफा महिला विश्वकप |
२०१९ फ्रान्स |
हालसम्म आयोजना गरिएका ८ वटा फिफा महिला विश्वकपलाई ४ वटा देशका राष्ट्रिय फुटबल टोलीहरूले हात पार्न सफल भएका छन्। प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई मानिन्छ जसले हालसम्म यो प्रतियगिताको ४ वटा संस्करण जितेको छ। यस्तै अन्य विजेताहरूमा, २ उपाधिको साथ जर्मनी र एक-एक उपाधिको साथ जापान र नर्वे रहेका छन्।[3]
हालसम्म ६ वटा देशहरूले यो प्रतियोगिताको आयोजना गरिसकेकाका छन्। यो फुटबल प्रतियोगितालाई चीन र संयुक्त राज्य अमेरिकाले दुई दुई पटक आयोजना गरेका छन् भने अन्य आयोजकहरूमा, क्यानडा, जर्मनी, फ्रान्स र स्विडेन समावेश छ जसले यो प्रतियोगितालाई एक एक पटक आयोजना गरेका छन्।
महिलाहरूको लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुलाई १९७० मा, इटालीमा भएको थियो जुन फिफा महिला विश्वकप समानको खेल थियो।[4] एक वर्ष पश्चात् यस पछिको अर्को अनौपचारिक खेल, मेक्सिकोमा भएको थियो जहाँ डेनमार्कले आयोजक मेक्सिकोलाई हराउँदै उपाधि हात पारेको थियो।[5][6][7] सन् १९८० को मध्य तिर, मुन्दियालितो (अनुवाद: "सानो विश्वकप") इटालीमा भएको थियो जहाँ यस प्रतियोगिताको ४ संस्करणको लागि आयोजना गरिएको थियो। प्रतियोगिताको उपाधि इटाली र इङ्ल्यान्डले समान दुई दुई पटक जितेका थिए।[8]
धेरै देशहरूले सन् १९७० को दशकमा महिला फुटबल माथिको प्रतिबन्ध हटाएका थिए जसले गर्दा युरोप र उत्तर अमेरिका भरि नयाँ राष्ट्रिय टोलीहरूको स्थापना भएको थियो।[9] पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सन् १९७५ मा एसियामा र युरोप सन् १९८४ मा, आयोजना गरिसकेपछि एलेन विलेले महिला खेल प्रवर्द्धन गर्नका लागि फिफा काङ्ग्रेसबाट अझ राम्रो प्रयास चाहेको घोषणा गरेकी थिइन्।[10] सन् १९८८ मा चीनमा आमन्त्रित प्रतियोगिताको आयोजना हुने निश्चित भएपछि विश्वव्यापी रूपमा फिफा महिला विश्वकप सम्भाव छ या छैन भन्ने बारेमा यस प्रतियोगितालाई परिक्षणको रूपमा लिइएको थियो जहाँ यसको उपाधि नर्वेले कब्जा गरेको थियो।[11] बाह्र राष्ट्रिय टोलीले यस प्रतिस्पर्धामा भाग लिएका थिए जसमा युरोपेली फुटबल सङ्घका ४, एसियाली फुटबल महासङ्घका ३ र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसेनिया फुटबल सङ्घका दुई राष्ट्रहरू समावेश थिए। चीन र क्यानडा बीचको प्रतियोगिताको उद्घाटन खेलमा ४५,००० दर्शकहरूले रङ्गशालामा उपस्थित भएका थिए। प्रत्येक खेलमा, २० हजार भन्दा बढी दर्शकलाई आकर्षित गरेको यस प्रतियोगितालाई सफल मानिएको थियो।[12] युरोपेली विजेता रहेको नर्वेले फाइनलमा स्विडेनलाई १-० ले हराएको थियो भने ब्राजिलले पेनल्टी सुटआउटमा आयोजक राष्ट्र चीनलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो। यो प्रतिस्पर्धालाई सफल मानिएको थियो र ३० जुन फिफाले आधिकारिक महिला विश्वकपको स्थापनालाई अनुमोदन गरेको थियो, जुन सन् सन् १९९१ मा चीनमा पुन: आयोजित हुने वाला थियो।[13] पहिलो फिफा महिला विश्वकपमा, बाह्र टोलीले सहभागिता दर्ता गरेका थिए। यस पटक संयुक्त राज्य अमेरिकाले फाइनलमा नर्वेलाई २-१ ले हराउँदै पहिलोपटक उपाधि हात पारेको थियो। मिसेल आकर्सले दुई गोल मार्फत अमेरिका विजेता बनेको थियो।
सन् १९९५ को संस्करणमा, आयोजक राष्ट्र स्विडेनले खेलको ढाँचालाई परिवर्तन गर्दै खेलको समयमा विश्राम समयलाई गरेको थियो। तथापि विश्रामलाई पछि, कटौती गर्दै खेल पश्चाच् मात्र दिइने व्यवस्था गरिएको थियो।[14] समूह चरणमा १७ गोल गर्न सफल भएको नर्वेले सन् १९९५ संस्करणको फाइनल खेलमा, जर्मनीलाई २-० ले पराजित गर्दै उपाधि उचालेको थियो। [15]
सन् १९९९ को संस्करणमा, चीन र अमेरिका फाइनल खेल प्रवेश गरेका थिए। उक्त खेलमा, अमेरिकी रक्षापङ्क्तिकी खेलाडी ब्रान्डी चास्टाइनले पेनाल्टी मार्फत ऐतिहासिक निर्णायक गोल गर्दै अमेरिकी टोलीलाई उपाधि प्राप्त गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।[16] रोज बउल रङ्गशालामा भएको फाइनल खेललाई ९०,१८५ दर्शकहरू प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए जुन महिला खेलकुद कार्यक्रमको हालसम्मकै सर्वाधिक ठूलो उपस्थिति हो।[17]
सन् १९९९ र सन् २००३ को फिफा महिला विश्वकप अमेरिकामा सम्पन्न भएको थियो। सन् २००३ को प्रतियोगितालाई चीनले आयोजना गर्ने भनिएता पनि सार्स (एक प्रकारको रोग) का कारण यसलाई जर्मनीले आयोजना गरेको थियो।[18] क्षतिपूर्तिको रूपमा, चीन स्वचालित रूपमा प्रतियोगितामा छनोट भएको थियो भने यसले अर्को संस्करण अर्थात् सन् २००७ को फिफा विश्वकपलाई आयोजना गरेको थियो। अक्टोबर २००७ मा गरिएको मतदान स्वरूप, सन् २०११ को फिफा महिला विश्वकपलाई जर्मनीले आयोजना गरेको थियो। सन् २०१५ को फिफा विश्वकपमा, सहभागी १६ टोलीलाई २४ मा वृद्धि गरिएको थियो।
सन् २०१५ फिफा महिला विश्वकपको बेलामा, ब्राजिलकी फोर्मिगो र जापानकी होमारे सावा छैटौँ पटक फिफा महिला विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए जहाँ यस उपलब्धिलाई हालसम्म पुरुष वा महिला खेलाडीले हासिल गर्न सकेका छैनन्। अमेरिकी फुटबल खेलाडी क्रिस्टिना पियर्सले ४० वर्षको उमेरमा विश्वकपमा खेल खेलेकी थिइन्। सन् २०१५ मा, फिफाले सन् २०१९ को फिफा विश्वकपको आयोजनाको जिम्मेवारी फ्रान्सलाई सुम्पेको थियो।[19]
प्रतियोगिताको हालको पारितोषिकलाई सन् १९९८ मा, पहिलो विश्वकपको लागि तयार पारिएको थियो। यसको बनावट घुमाउरो पाराको छ जहाँ फुटबलको प्रतिमा यसको सबैभन्दा माथिल्लो भागमा राखिएको छ। यसले खेलकुद, गतिशीलता र अन्तर्राष्ट्रिय महिला फुटबलको सौर्न्दर्य कब्जा गर्ने लक्ष्य राख्दछ। सन् २०१० मा यसलाई सोलीको आकारको आधारमा पुनर्वनोट गरिएको थियो। यसको तल्लो अथवा आधार भागमा, प्रतियोगिताको प्रत्येक अघिल्लो विजेताको नाम कोरिएको छ। पारितोषिकको उचाई ३७ सेन्टिमिटर (१९ इन्च) रहेको झ भने यसको वजन ३.६ किलोग्राम वा १० पाउन्ड रहेको छ। यसलाई २३-क्यारेटको पहेँलो र सेतो सुन सहित चमकदार चाँदीद्वरा बनाइएको छ भने सन् २०१५ मा, यसको अनुमानित मुल्य ३०,००० अमेरिकी डलर रहेको थियो। यसको विपरीत, पुरुषहरूको विश्वकपको पारितोषिक १८-क्यारेट सुनद्वारा बनाइएको छ जसमा प्रयोग गरिएको मूल्यवान धातुको मूल्य १५०,००० अमेरिकी डलर रहेको छ। प्रत्येक महिला विश्व विजेता टोलीले यसलाई गृह देशमा लैजानका लागि एक नयाँ विजेताको पारितोषिक निर्माण गरिएको छ, जबकि पुरुष प्रतियोगिताको लागि एकमात्र पारितोषिक रहेको छ जसलाई फिफाले आफुसँग सुरक्षित राखेको छ भने फिफाले यस समानको प्रतिकृति पारितोषिकलाई विजेताहरूले गृह देशमा लैजानका लागि अनुमति दिएको छ।
सन् २००७ देखि, विजेताहरूलाई फिफाको तक्माद्वारा सम्मान गरिन्छ जसलाई अर्को प्रतियोगिताको विजेताको निर्णय नभएसम्म विजेता टोलीको वर्दीमा लगाइन्छ।
छनोट प्रतियोगिता ६ फिफा महाद्वीपीय क्षेत्रहरू (अफ्रिका, एसिया, उत्तर, मध्य अमेरिका र क्यारिबियन, दक्षिण अमेरिका, ओसिनिया, युरोप) भित्र आयोजना गरिन्छ, र उनीहरूको सम्बन्धित फुटबल महासङ्घहरूद्वारा आयोजना गरिन्छ। यसको छनोट खेलमा सम्बद्ध सबै सङ्घका राष्ट्रिय टोलीहरू सहभागी हुन्छन्। युरोपेली फुटबल सङ्घका, एसियाली फुटबल महासङ्घ, उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसिनिया फुटबल सङ्घका राष्ट्रहरूले यसमा भाग लिन पाउनेछन्। फिफाले सङ्घमा आबद्ध टोलीको सापेक्ष बलको आधारमा प्रत्येक महाद्वीपीय क्षेत्रलाई राष्ट्रिय टोलीको सङ्ख्या प्रदान गर्ने निर्णय गर्दछ। आयोजक राष्ट्र प्रतियोगितामा स्वचालित रूपमा छनोट हुन्छ। सन् २०१५ फिफा महिला विश्वकप देखि, प्रवेशीहरूको सङ्ख्यालाई १६ बाट २४ पुर्याइएको थि भने यसलाई हाल ३२ मा, वृद्धि गरिएको छ।
अन्तिम प्रतियोगितामा सामान्यतया १२ देखि २४ राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्दछन्। खेलमा, दुईवटा चरण हुन्छ जसमा समूह चरण र निस्कासन चरण समावेश छन्।[20]
समूह चरणमा टोलीहरूलाई चारवटा समूहमा विभाजन गरिन्छ। टोलीहरू राउन्ड रोबिन प्रणालश्र अन्तर्गत एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् जहाँ प्रत्येक टोलीको लागि ३ खेल छुट्याइएको हुन्छ। प्रत्येक समूह खेलको अन्तिम चरणमा सबै चार टोलीहरू बीचको निष्पक्षता बचाउन एकै समयमा तालिकाबद्ध गरिएको हुन्छ। सन् २०१५ को संस्करणमा २४ वटा टोलीहरू मध्ये खेलमा जित हासिल गरेका उक्त समूहको पहिलो र दोस्रो टोलीहरूलाई अघिल्लो चरणमा लगिएको थियो। यस चरणलाई निस्कासन चरण भनेर पनि चिनिन्छ जहाँ बाँकी १६ टोलीहरू मध्येका विजेता ८ टोलीहरू क्वाटरफाइनलका लागि छनोट हुन्छन्। सन् १९९४ देखि, एक जीतको लागि ३ अङ्क प्रदान गरिँदै आएको छ जहाँ खेल बराबरी भएमा १ र खेल गुमाएमा कुनै पनि अङ्क प्राप्त हुँदन।
प्रत्येक समूहको प्रत्येक टोलीको वरियता निम्न प्रकारले निर्धारण गरिएको छ:
समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक अङ्क
निस्कासन चरण एकल निस्कासन प्रतियोगिता हो जसमा टोलीहरू एक-अर्कासँग प्रतिस्पर्धा गर्दछन्। आवश्यक भएको खण्डमा अतिरिक्त समय र पेनल्टी सुटआउट्स प्रयोग गरि विजेतालाई निर्धारण गरिन्छ। यो १६ को चरणबाट (दोस्रो चरण वा समूह चरण पछिको चरण) सुरु हुन्छ। यसपछि क्वाटर फाइनल, सेमीफाइनल, तेस्रो स्थानको खेल (सेमीफाइनलमा पराजित भएका टोलीहरू) र फाइनल खेल हुन्छ।[20]
प्रतिस्पर्धा | खेलहरू | उपस्थिति | स्रोत | |||
---|---|---|---|---|---|---|
जम्मा | औसत | उच्च | ||||
१ | १९९१ चीन | २६ | ५१०,००० | १८,३४४ | ६५,००० | [21] |
२ | १९९५ स्विडेन | २६ | ११२,२१३ | ४,३१६ | १७,१५८ | [21] |
३ | १९९९ अमेरिका | ३२ | १,२१४,२०९ | ३७,९४४ | ९०,१८५ | [21] |
४ | २००३ अमेरिका | ३२ | ६७९,६६४ | २१,२४० | ३४,१४४ | [21] |
५ | २००७ चीन | ३२ | १,१९०,९७१ | ३७,२१८ | ५५,८३२ | [21] |
६ | २०११ जर्मनी | ३२ | ८४५,७५१ | २६,४३० | ७३,६८० | [21][22] |
७ | २०१५ क्यानडा | ५२ | १,३५३,५०६ | २६,०२९ | ५४,०२७ | [23] |
८ | २०१९ फ्रान्स | ५२ | १,१३१,३१२ | २१,७५६ | ५७,९०० | [24] |
९ | अस्ट्रेलिया न्युजिल्यान्ड[25] २०२३ |
६४ | घोषणा हुन बाँकी | घोषणा हुन बाँकी | घोषणा हुन बाँकी |
टिप्पणी:
# | वर्ष | आयोजक | बिजेता | गोल अन्तर | उप बिजेता | तेस्रो स्थान | गोल अन्तर | चौथो स्थान | टिमहरु | |||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
१ | १९९१ | चीन | संयुक्त राज्य अमेरिका | २–१ | नर्वे | स्विडेन | ४–० | जर्मनी | १२ | |||
२ | १९९५ | स्विडेन | नर्वे | २–० | जर्मनी | संयुक्त राज्य अमेरिका | २–० | चीन | १२ | |||
३ | १९९९ | संयुक्त राज्य अमेरिका | संयुक्त राज्य अमेरिका | ०–० (अ.स) (५–४ पेना.) |
चीन | ब्राजिल | ०–०[A] (५–४ पेना.) |
नर्वे | १६ | |||
४ | २००३ | संयुक्त राज्य अमेरिका | जर्मनी | २–१ (अ.स) | स्विडेन | संयुक्त राज्य अमेरिका | ३–१ | क्यानडा | १६ | |||
५ | २००७ | चीन | जर्मनी | २–० | ब्राजिल | संयुक्त राज्य अमेरिका | ४–१ | नर्वे | १६ | |||
६ | २०११ | जर्मनी | जापान | २–२ (अ.स) (३–१ पेना.) |
संयुक्त राज्य अमेरिका | स्विडेन | २–१ | फ्रान्स | १६ | |||
७ | २०१५ | क्यानडा | संयुक्त राज्य अमेरिका | ५–२ | जापान | इङ्ल्यान्ड | १–० (अ.स) | जर्मनी | २४ | |||
८ | २०१९ | फ्रान्स | संयुक्त राज्य अमेरिका | २–० | नेदरल्यान्ड |
स्विडेन |
२–१ | इङ्ल्यान्ड |
२४ | |||
समग्रमा, ३६ राष्ट्रहरूले कम्तिमा एक पटक फिफा महिला विश्वकप प्रतियोगितामा खेल खेलेका थिए जसमध्ये ४ राष्ट्रहरूले यसको उपाधि चुम्न सफल भएका छन्। चौथो उपाधिको अमेरिकी राष्ट्रिय महिला फुटबल टोल सर्वाधिक सफल टोली हो भने यसले प्रत्येक विश्वकपमा खेल्ने लिने एक मात्र राष्ट्र हो। टोली लगातार सन् २०११, सन् २०१५ र सन् २०१९ को उपाधि हात पारेको छ। [27]
टोली | उपाधि | उप-विजेता | तेस्रो स्थान | चौथो स्थान | जम्मा |
---|---|---|---|---|---|
संयुक्त राज्य अमेरिका | ४ (१९९९१, १९९९, २०१५, २०१९) | १ (२०११) | ३ (१९९५, २००३, २००७) | ८ | |
जर्मनी | २ (२००३, २००७) | १ (१९९५) | २ (१९९१, २०१५) | ५ | |
नर्वे | १ (१९९५) | १ (१९९१) | २ (१९९९, २००७) | ४ | |
जापान | १ (२०११) | १ (२०१५) | २ | ||
स्विडेन | १ (२००३) | ३ (१९९१, २०११, २०१९) | ४ | ||
ब्राजिल | १ (२००७) | १ (१९९९) | २ | ||
चीन | १ (१९९९) | १ (१९९५) | २ | ||
नेदरल्यान्ड | १ (२०१९) | १ | |||
इङ्ल्यान्ड | १ (२०१५) | १ (२०१९) | २ | ||
क्यानडा | १ (२००३) | १ | |||
फ्रान्स | १ (२०११) | १ |
सन् २०१७ सम्म, सन् २०१५ फिफा महिला विश्वकपको फाइनल खेलले अमेरिकामा सर्वाधिक अवलोकनको किर्तिमानी कायम गरेको थियो[28] जहाँ यसले सोही वर्षको एनबिएको फाइनल र स्टानले कपलाई समेत उछिन्दै २ करोड ३० लाख भन्दा बढी दर्शकहरूलाई आकर्षित गरेको थियो। प्रतियोगिताको इतिहासमा यो, स्पेनी भाषाको सर्वाधिक हेरिएको प्रसारण बन्न सफल भएको थियो।[29] विश्वव्यापी रूपमा यसलाई ६५ करोड भन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए।[30]
सन् २०१५ को संस्करणले ७ करोड ३० लाख राजश्व उत्पन्न गरेको थियो। तुलनात्मक रूपमा, प्रतियोगिताले अनुमानित ६.१ अर्ब अमेरिकी डलर उत्पन्न गरेको थियो।.[31]
प्रत्येक विश्वकपको अन्त्यमा, छनोट गरिएका खेलाडी तथा टोलीहरूका उनीहरूको उपलब्धिका लागि पुरस्कार प्रदान गरिन्छ। हाल ७ वटा विधामा पुरस्कार प्रदान हुने गरेको छ।
अन्तिम प्रतियोगिताको १ हप्ता पछि, प्रदान गरिने अर्को पुरस्कार:
पूर्व पुरस्कार:
वरियता | खेलाडी | गोल |
---|---|---|
१ | मार्ता | १७ |
२ | बिर्गित प्रिन्ज | १४ |
एबी वामबाच | ||
४ | मिसेल आकेर्स | १२ |
५ | क्रिस्तियान | ११ |
सन वेेन | ||
बेतिना विगमान |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.