पाख्रीबास नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
पाख्रीबास नगरपालिका धनकुटा जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[3] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा सान्ने, फलाँटे, घोर्लिखर्क र मुगा गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा चुङमाङ गाविसलाई पनि यसमा गाभिएको थियो।
पाख्रीबास नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७.११°N ८७.३१°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा |
स्थापित | २०७१ मङ्सिर १७ |
सरकार | |
• नगरप्रमुख | ज्ञानबहादुर गुरुङ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | नम्रता गौतम (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १४४.२९ किमी२ (५५.७१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,१०४ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाख्रीबास नगरपालिकाको कुल जनसङ्ख्या १९,१०४ रहेको छ भने यहाँ ४,८४४ घरधुरी रहेका छन्।[2]
५ वटा गाविस मिलाएर बनाइएको धनकुटाको पाख्रीबास नगरपालिकाको आन्तरिक आय वाषिर्क करिब ६ लाख छ। हालैको नगर परिषद्ले आगामी वर्षका लागि ५ करोड बराबरको बजेट अनुमान गरेको छ। अधिकांश ग्रामीण बस्ती भएको पाख्रीबासका सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यिनै चार विषयलाई प्राथमिकतामा राखिएको छ। नवघोषित नगरका सबै स्थानमा १४८ किमि सडक विस्तार भएको छ। तर पाख्रीबास लेगुवाबाहेकका यी कुनै सडकमा नियमित गाडी चल्दैनन्।[4]
हिलेबाट पाख्रीबास बजार हुँदै डिकुरेसम्मको करिब ७ किलोमिटर सडकमा केही अघि गरिएको ओटासिल भत्किसकेको छ। यसैले नगरका सडक व्यवस्थित गर्नु मुख्य चुनौती हो। पुरानो पाख्रीबासबाहेक खासै बजार क्षेत्र विस्तार हुन सकेको छैन।[4]
घोर्लिखर्कको डिकुरे, फलाँटेको बस्तीचोक, मुगाको राम्चे र सान्ने गाविसको पञ्चमी जस्ता स्थान भर्खरै स-साना बजारका रूपमा विकास हुँदैछन्। तथ्यांकअनुसार ८५ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच छ। नगरमा मिसाइएका पाँच वटै गाविसका नाममा जम्मा २० रोपनी जमिन छ। खेल मैदानका लागि ५४ रोपनी जग्गा बन्दोबस्त भए पनि पूर्वाधार निर्माण भएका छैनन्।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.