नेपाली अभिनेता From Wikipedia, the free encyclopedia
निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको [1] हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्टकर्ताका रूपमा लिइन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शकको रुचिको प्रेरणा श्रोतको रूपमा हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।
निखिल उप्रेती | |
---|---|
जन्म | दिनेश उप्रेती अगस्ट १०, १९८० सर्लाही, नेपाल |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००० (बि. सं. - २०५७) देखि |
जीवनसाथी |
|
सन्तान | ३ |
"निखिल उप्रेती"को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द ऊप्रेती र भोजकुमारी उप्रेतिका कोखबाट भएको हो। उनले सानै छँदा करातेमा ब्ल्याक बेल्ट हासिल गरिसकेका थिए। काठमाडौंमा पढ्दा पढ्दै उनी आफ्नो कलाकार बन्ने इच्छा पुरा गर्न भारतको सिनेनगरी मुम्बईतिर लागे।[2] केही समय कर्तबबाज (स्टन्ट कर्ता)को रूपमा र सहायक द्वन्द निर्देशकको भुमिकामा काम गरे। केही समय उनले अमिताभ बच्चनको चलचित्र निर्माण कम्पनि ABCLको लागि केही चलचित्रमा पनि काम गरे। सुन्न मिल्ने कुरा (गफ)हरू अनुसार उनले त्यस समयमा अभिशेक बच्चनलाई द्वन्द्वकलाको प्रशिक्षण दिएका थिए।ढाँचा:स्रोतनखुलेको
उनले मुम्बईबाट फर्केपछि पहिले देखिकि प्रेमिका नौबिसेकि कोपिला सङ्ग बिहे गरे। पछि आएर उनले नेपाली सिने जगत कि अर्की नायिका सन्चिता लुइटेलसँग प्रेम बिबाह गरे।[3]
चलचित्र हामी तीन भाइका लागि निखिल उप्रेतिले राष्ट्रिय चलचित्र पुरस्कार २०६२ मा सर्वोत्कृष्ठ अभिनेताको पुरस्कार जितेका थिए। यसका साथै उनले राष्ट्रिय नागरिक स्वर्ण सम्मान प्राप्त गरेका छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.