नाटोर सदर उपजिल्ला
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
नाटोर सदर बङ्गाली: নাটোর সদর बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[2]
नाटोर सदर
নাটোর সদর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २४°२४.८′उ॰ ८८°५५.८′पू॰ | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | नाटोर जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ४०१.२९ किमी२ (१५४.९४ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१[1]) | |
• जम्मा | ३६९,१३६ |
• घनत्व | ९२०/किमी२ (२४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | Sadar.gif नाटोर सदर उपजिल्लाको आधिकारिक नक्शा |
नाटोर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१९' देखि २४°३५' उत्तर अक्षांश र ८८°५१' देखि ८९°०७' पूर्वी देशान्तरणमा अवस्थित छ। नाटोर सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०१.२९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आत्राई र बाघमारा उपजिल्लाले उत्तर, बागतीपाडा उपजिल्लाले दक्षिण, सिङ्डा र गुरुदासपुर उपजिल्लाले पूर्व, पुठिया र बाघमारा उपजिल्लाले पश्चिमबाट घेरेको छ। नान्दकुजा, आत्राई र बर्नाई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
नील प्रतिरोध अभियान यस ठाउँमा सन् १८५९ देखि सन् १८६० मा भएको थियो। सन् १९३२ मा यस स्थानमा एक आन्दोलन बर्कुटसा गाउँबाट शुरू भएको थियो भने उक्त आन्दोलन जमिन कर बढाउने दमिन्दारहरूको विरुद्धमा थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहानमा ४० पाकिस्तानी सेना मारिएका थिए भने दर्जनौँ घाइते भएका थिए। ३ जुन १९७१ का दिन यस जिल्लाको चटानी गाउँमा ३०० भन्दा बढी सर्वसाधारणअरूको सामूहिक हत्या गरेका थिए।
बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४०००३० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २०७५६६ छ भने महिलाको जनसङ्ख्या १९२५६४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३६६५८७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३१६५० रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९०५, इसाई धर्मवलम्बीको जनसङ्ख्या १५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८७४ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव र बुनो जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा ५६६ मस्जिद, ४६ हिन्दु मन्दिर र ३ गिर्जाघरहरू रहेका छन्। बुरा परिको चिहान, जयकाली मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[3]
यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, उखु, जुट, अदुवा, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, केरा, लिची र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, चिनी, गहुँ तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ६९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १२२ दुग्ध सङ्कलन केन्द्र तथा २१ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५८.६८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३३% मजदुरी, वाणिज्यमा १५%, सञ्चार र यातायातमा ४.०६%, निर्माण क्षेत्रमा १.२३%, सुविधा ७.९९%, धार्मिक सेवा ०.१८%, वैदेशिक रोजगारी ०.९९% र अन्य ६.५३% रहेका छन्।
प्रशासकीय नाटोर थानाको स्थापना सन् १७९३ भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। नाटोर नगरपालिकाको स्थापन भने सन् १८७९ मा भएको थियो। हाल नाटोर सदर उपजिल्लामा १५ सङ्घ परिषद्, २७५ मौजा/महल्ला र ३१० गाउँहरू रहेका छन्।[4]
यस उपजिल्लाको कुल साक्षरता दर ४५.४४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.९१% छ भने महिलाको साक्षरता दर ४०.६४% रहेको छ। यस उपजिल्लामा १७ क्याम्पस, १ प्राबिधिक शिक्षण संस्था, ५५ माध्यमिक विद्यालय, १६२ प्राथमिक विद्यालय, २०९ गैरसरकारी शिक्षण संस्था र २२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; नवाव सिराज-उद-दुल्ला सरकारी क्याम्पस (सन् १९७५), नाटोर सरकारी ब्वाइज उच्च विद्यालय (सन् १९४४), नबा विधान कन्या उच्च विद्यालय (सन् १९६७), दिधापथिया पिएन उच्च विद्यालय (सन् १९५२), नाटोर महाराजा जगदिन्द्रनाथ उच्च विद्यालय (सन् १८८४), माधनगर एसएल उच्च विद्यालय (सन् १९३०) आदि।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.