गुरुदासपुर उपजिल्ला
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
गुरुदासपुर (बङ्गाली: গুরুদাসপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[2]
गुरुदासपुर
গুরুদাসপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २४°२२′उ॰ ८९°१५′पू॰ | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | नाटोर जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १९९.४ किमी२ (७७�० वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१[1]) | |
• जम्मा | १७३,२७६ |
• घनत्व | ८७०/किमी२ (२३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | गुरुदासपुर उपजिल्लाको आधिकारिक नक्शा |
गुरुदासपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८' देखि २४°२७' उत्तर अक्षांश र ८९°१९' देखि ८८°०४' पूर्वी देशान्तरमा अवस्थित छ। गुरुदासपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९९.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिङ्डा र ताडाश उपजिल्लाले उत्तर, बाडाइग्राम उपजिल्लाले दक्षिण, ताडाश र चाटमोहर उपजिल्लाले पूर्व र नाटोर सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई, गुर नन्दकुजा आदि नदिहरू यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा अन्धाधुन्ध आक्रमण गरी १०० भन्दा बढी स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए जसमा जिलिप कुमार सरकार, डाक्टर महिन्द्रानाथ सरकार र नवराम मजुम्जार समावेश छन्।
बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १९४२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९९०८६ छ भने महिलाको जनसङ्ख्या ९५१४२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८६०६९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७८७३ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५२ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव, पहान, ततु, बुनो आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा २५५ मस्जिद, २८ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्। चापिला शाही मस्जिद, शाहपरमा रहेको रहमान सधुको मजार आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[3]
यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, तोरी, लसुन, प्याज, केसरी, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, केरा, लिची, स्याउ, मेवा र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, माछा, आँप तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछापालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.९५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.२८% मजदुरी, उद्योग १.३३%, वाणिज्यमा १०.२३%, सञ्चार र यातायातमा २.५१%, निर्माण क्षेत्रमा ०.८७%, सुविधा ३.९४%, धार्मिक सेवा ०.१५%, वैदेशिक रोजगारी ०.३९% र अन्य ५.३६% रहेका छन्।
प्रशासकीय गुरुदासपुर थानाको स्थापना सन् १९१७ भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल गुरुदासपुर उपजिल्लामा ९ सङ्घ परिषद्, ११८ मौजा/महल्ला र १०२ गाउँहरू रहेका छन्।[4]
यस उपजिल्लाको कुल साक्षरता दर ३४.९१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.६५% छ भने महिलाको साक्षरता दर ३०.०१% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ३१ माध्यमिक विद्यालय, ८१ प्राथमिक विद्यालय, ९५ गैरसरकारी शिक्षण संस्था, ३ बाल उद्दान केन्द्र, ७७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नजमुदिन उच्च विद्यालय (सन् १९५६), बिलचलन सहिद समसुजो क्याम्पस (सन् १९६९), शिकारपुर अलिया मदरसा आदि।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.