ठेकुवा

एउटा पकवान From Wikipedia, the free encyclopedia

ठेकुवा

ठेकुवा (जसलाई खजुरिया वा टिकरी पनि भनिन्छ) दक्षिणी नेपाल तथा उत्तरी भारतमा बनाइने एक प्रकारको सुख्खा मिठाई हो।[१] यो नेपालको तराई क्षेत्र तथा भारतको बिहार, झारखण्डउत्तर प्रदेश राज्यमा धेरै लोकप्रिय छ।[२] यी ठाउँहरूमा ठेकुवा, शताब्दीयौंदेखि एउटा मीठो खाजाको रूपमा प्रयोग हुँदै आएको छ।[३]

छरितो तथ्यहरू वैकल्पिक नामहरू, प्रकार ...
ठेकुवा
Thumb
वैकल्पिक नामहरू
  • खजुरिया
  • टिकारी
  • ठेकुआ
प्रकारखजुरी
परिकारखाजा
उत्पत्ति स्थाननेपाल तथा भारत
क्षेत्र वा राज्यभारत (उत्तर प्रदेश, झारखण्ड, बिहार), नेपाल (मधेश, लुम्बिनी)
मुख्य सामग्रीहरू
बन्द गर्नुहोस्

ठेकुवा छठ पूजाको समयमा देवतालाई चढाइने पूजनीय प्रसाद हो। [४][५][६]

तयारी विधि

ठेकुवाका मुख्य सामग्रीहरू गहुँको पीठो, चास्नी (पग्लिएको चिनी) र घिउ हुन्। शख्खर कहिलेकाहीँ चिनीको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।[७] यी चार मुख्य सामग्रीहरू प्रयोग गरेर मिश्रण तयार गरिन्छ र स्वाद बढाउन सुकुमेल वा अन्य मसलाहरू पनि थप्न सकिन्छ।

पिठोको मिश्रणको सा-सानो टुक्रा बनाएर गोलो आकार मा बेलिन्छ र एउटा विशेष साँचोको सहायता ले ठेकुवामा बुट्टा बनिइन्छ। त्यसपछि ठेकुवालाई तातो घिउ वा तेलामा तारिन्छ। ठेकुवाको रङ रातोमा परिणत भएपछि त्यसलाई तेलबाट निकालिन्छ। ठेकुवा सेलाएपछि कडा हुन्छ र खानको लागि तयार हुन्छ।  

यसलाई कुनै संरक्षकको आवश्यकता पर्दैन र यसलाई हावा नछिर्ने भाँंडोमा धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ।

छठ पर्वको पवित्रता कायम राख्नको लागि प्रसादको ठेकुवाको तयारी सामान्यतया पूजा कोठामा गरिन्छ।[८]

कीर्तिमान

बिहारको दरभङ्गाका १६ जनाको समूहले लिम्का बुक अफ रेकर्ड्समा कीर्तिमान राख्न सन् २०१९ मा ९१ केजीको ठेकुवा तयार पारेका थिए।[९]

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.