From Wikipedia, the free encyclopedia
जुली कुमारी महतो[1] एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।[1] उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्। उनी नेकपा एमालेबाट[2] समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएकी हुन्।[3]
जुली कुमारी महतो | |
---|---|
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री | |
कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
नेपालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी नेकपा एमालेबाट धनुषा–३ निर्वाचन क्षेत्रबाट उम्मेदवार भएर चुनाव लडेकी थिइन् तर उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्।[4]
नेकपा एमालेको लामो समयदेखि सदस्य रहेकी उनी सन् २०१९ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकीकरणबाट बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको लागि धनुषा जिल्लाको 'सह-इन्चार्ज' नियुक्त भएकी थिइन्। नेपाल कम्युनिष्ट पार्टी लामो समयसम्म टिक्न नसकेर सन् २०२१ मार्च ८ मा विघटन भएको थियो।[5][6][7]
निर्वाचन | वर्ष | निर्वाचन क्षेत्र/स्थानीय तह | नतिजा | मत | राजनीतिक दल | स्रोत |
---|---|---|---|---|---|---|
दोस्रो संविधानसभा | वि.सं. २०७० | धनुषा–३ | पराजित | १३,५३९ | नेकपा एमाले | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.