महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)

From Wikipedia, the free encyclopedia

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाल सरकारको मन्त्रालय हो जसले महिला, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अनाथहरूको हित र समाज कल्याण सम्बन्धी कार्य गर्न आवश्यक राष्ट्रिय नीति, योजना र कार्यक्रम तयार गरी समबन्धित सबै निकायसँग समन्वय राखि कार्यान्वयन गर्ने गराउने उद्देश्य सहित वि.सं. २०५२ मा स्थापना भएको हो। सुरूमा यसको नाम महिला तथा समाज कल्याण मन्त्रालय थियो तर वि.सं. २०५७ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय नाममा नामाकरण गरिएको हो। वि.सं. २०७५ सालमा यसलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नाममा नामाकरण गरिएको हो।[]

छरितो तथ्यहरू निकाय विवरण, प्रधान कार्यालय ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
निकाय विवरण
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmowcsc.gov.np
बन्द गर्नुहोस्

सङ्गठनात्मक संरचना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।

यस मन्त्रालयले देहायका निकायहरूको सम्पर्क मन्त्रालयको रूपमा कार्य गर्दै आएको छ।

  • राष्ट्रिय महिला आयोग
  • समाज कल्याण परिषद्
  • महिला सीप विकास केन्द्र
  • केन्द्रीय बाल कल्याण समिति
  • राष्ट्रिय अपाङ्ग कोष

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.