चोभार

From Wikipedia, the free encyclopedia

चोभार

चोभार काठमाडौँ उपत्यकाको एक महत्वपूर्ण पर्यटकिय स्थल हो । यो कीर्तिपुर बागमती प्रदेश अन्तर्गत काठमाडौ जिल्ला अन्तर्गत पर्दछ । यस स्थान २०५३/चैत्र १४ गते अघि सम्म चोभार भूतखेल गाउँ विकास समिति थियो । अहिले उक्त साबिक चोभार भूतखेल गाउँ विकास समिती हाल कीर्तिपुर नगरपालिका वडा नं. ६ मा पर्दछ ।

Thumb
चोभारमा बागमती नदी
Thumb
Thumb
बाघ गुफा, चोभार
Thumb
चोभारमा रहेको झोलुंगे पुल
Thumb
चोभारमा रहेको झोलुंगे पुलमा लेखिएको लेख
Thumb
चोभारमा रहेको झोलुंगे पुलमा लेखिएको लेख

यहाँ नेपालकै पहिलो हिमाल सिमेन्ट कारखाना खुलेको थियो । अहिले कारखाना बन्द भइ त्यही स्थानमा सुख्खा बन्दरगाह निर्माण भइ संचालनमा आएको छ ।

चोभारको मुख्य आकर्षणमा मंजुश्री पार्क, पार्क भित्र रहो एसियाका लामा गुफा मध्येको एक मञ्जुश्री गुफा, संसारकै सबै भन्दा अग्लो मंजुश्रीको प्रतिमा, ऎतिहासिक चोभार गल्छी, नेपालाको पहिलो पुरातात्विक झोलुङ्गे पुल, जलविनायक मन्दिर, आनान्धादी लोकेश्वर (आदिनाथ) मन्दिर, जालपादेवी मन्दिर, टौदह , वभिन्न। बिहार तथा गुम्बा आदि यहाँका प्रसिद्ध, आकर्षक पर्यटकिय उपज हुन् । काठमाडौ उपत्यका भित्रको एक मात्र स्थान चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । भर्खरै मंजुश्री पार्क क्षेत्रमा नेपालकै पहिलो क्यानोपी जिप संचालनमा ल्याईएको छ भने गुफा भ्रमणको पनि ब्यबस्थापन गरिएको छ ।

बाहिरी लिङ्कहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.