गणेश चतुर्थी
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।
गणेश चतुर्थी | |
---|---|
आधिकारिक नाम | भगवान गणेश |
वैकल्पिक नाम | बप्पा, मङ्गल मूर्ति, पिल्लायर |
अनुयायी | हिन्दूहरू |
प्रकार | धार्मिक, लोक |
उत्सव | मण्डप, सडक जुलूस, मूर्ति विसर्जन |
समापन | भिन्न |
मिति | अगस्ट, सेप्टेम्बर |
आवृत्ति | वार्षिक |
शिवपुराणमा भाद्रपद महिनालाई कृष्ण पक्षको चतुर्थीको मंगलमूर्ति गणेशको अवतरण-तिथि भनिएको छ । जबकि गणेशपुराणका मतानुशार यो गणेशावतार भाद्रपद शुक्ल चतुर्थीमा भएको थियो ।
शिव पुराण अन्तर्गतको रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा यो वर्णन छ कि माता पार्वतीले स्नान गर्नु भन्दा पहिले आफ्नो शरीरको मयल निकालेर एक बालक उत्पन्न गरेर उसलाई आफ्नो द्वारपाल बनाइन् । शिवजीले प्रवेश गर्न लाग्दा बालकले उनलाई रोके । यसमा शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकरले क्रोधित भएर आफ्नो त्रिशूलले उन बालकको टाउको काटी दिए । यसले पार्वती क्रुद्ध भइन् र प्रलय गर्ने विचार गरिन् । भयभीत देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई शान्त गरे । शिवजीको निर्देशमा विष्णुजीले उत्तर दिशामा सबै भन्दा पहिले भेटिएको जीव (हात्ती)को टाउको काटेर ल्याए । मृत्युंजय रुद्रले गजको उस मस्तकलाई बालकको शरिरमा जोडेर उसलाई पुनर्जीवित गरे । माता पार्वतीले हर्षिताका साथ उन गजमुख बालकलाई आफ्नो हृदयमा लगाइन् र देवताहरूमा अग्रणी भएको आशीर्वाद दिइन् । ब्रह्मा, विष्णु, महेशले उन बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिए । भगवान शंकरले बालकलाई भने-गिरिजानन्दन! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुने छौ । गणेश्वर! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चंद्रमाको उदित भए पछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् । कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय तिम्रो पूजा गरे पश्चात् व्रती चन्द्रमाको अर्घ्य दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । तदोपरान्त आफू पनि मीठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ ।
एक पल्ट महादेवजी पार्वती सहित नर्मदाको तटमा गए । वहाँ एक सुन्दर स्थानमा पार्वती जीले महादेवजी सँग खेल्ने इच्छा व्यक्त गरिन् । तब शिवजीले भने- हाम्रो हार-जीतको साक्षी को हुनेछ? पार्वतीले तत्काल वहाँ घासका तेन्द्राहरू बटुलेर एक पुतला बनाइन् र उसमा प्राण-प्रतिष्ठा गरेर उसलाई भनिन्- बाबु! हामी दुई जना खेल्न चाहन्छौं, किन्तु यहाँ हार-जीतको साक्षी कोही छैन । अतः खेलको अन्तमा तिमी हाम्रो हार-जीतको साक्षी भएर भन्नु कि हामीमा कसले जीत्यो, को हार्यो ?
खेल आरम्भ भयो । दैवसंयोग तिनै पल्ट पार्वती जी ले नै जीतीन् । जब अन्तमा बालक देखि हार-जीतको निर्णय गराइयो त उनले महादेवजीको विजय भने । परिणामतः पार्वती जी ले क्रुद्ध भएर उसलाई एक खुट्टाको लङ्गडो हुने र वहाँको हिलोमा परिरहने र दुःख भोग्ने श्राप दिइन् ।
बालकले विनम्रता पूर्वक भने- आमा! मेरो अज्ञानवश यस्तो भएको छ । मैले कुनै कुटिलता या द्वेषको कारण यस्तो गरेन । मलाई क्षमा गर्नुहोस् तथा श्राप देखि मुक्तिको उपाय बताउनुहोस् । तब ममतारूपी आमाको मनमा दया आयो र उनले भनिन् - यहाँ नाग-कन्याहरू गणेश-पूजन गर्न आउने छन् । उनको उपदेश देखि तिमी गणेश व्रत गरेर मलाई प्राप्त गर्ने छौ । यति भनेर उनी कैलाश पर्वत गईन् ।
एक वर्ष पछि वहाँ श्रावणमा नाग-कन्याहरू गणेश पूजनको लागि आईन् । नाग-कन्याहरूले गणेश व्रत गरेर उस बालकलाई पनि व्रतको विधि बताए । तत्पश्चात बालकले १२ दिन सम्म श्रीगणेशजीको व्रत गर्यो । तब गणेशजीले उसलाई दर्शन दिएर भने- म तिम्रो व्रत देखि प्रसन्न छु । मनो वांछित वर माँग । बालकले भन्यो - भगवान! मेरो खुट्टामा यति शक्ति देउ कि म कैलाश पर्वतमा आफ्नो माता-पिता नजीकै पुग्न सकुँ र उनी ममा प्रसन्न होउन् ।
गणेशजी 'तथास्तु' भनेर अंतर्धान भए । बालक भगवान शिवको चरणहरूमा पुग्यो । शिवजीले उसलाई वहाँ सम्म पुग्ने साधनको बारेमा सोधे ।
तब बालकले सारा कथा शिवजीलाई सुनायो । उता त्यसै दिन देखि अप्रसन्न भएर पार्वती शिवजी देखि पनि विमुख भएकी थिइन् । तदुपरांत भगवान शंकरले पनि बालकको तरिका २१ दिन पर्यन्त श्रीगणेशको व्रत गरे, जसको प्रभावले पार्वतीको मनमा स्वयं महादेवजी देखि मिलनको इच्छा जाग्रत भयो।
शीघ्र नै कैलाश पर्वतमा आइन् । वहाँ पुगेर पार्वतीजीले शिवजीलाई सोधिन् - भगवान! तपाईँले यस्तो कुन उपाय गर्नुभयो जसको फलस्वरूप म तपाईँको नजिकदौडेर आएँ । शिवजीले 'गणेश व्रत'को इतिहास उनलाई भने ।
तब पार्वतीजीले आफ्नो पुत्र कार्तिकेयसँग भेट्ने इच्छाले २१ दिन पर्यन्त २१-२१ को संख्यामा दूबो, पुष्प तथा लड्डुहरूले गणेशजीको पूजन गरिन् । एक्काइसौं दिन कार्तिकेय स्वयं नै पार्वतीजीसँग आएर मिले । उनले पनि आमाको मुख देखि यस व्रतको माहात्म्य सुनेर व्रत गरे ।
कार्तिकेयले यही व्रत विश्वामित्रजीलाई भने । विश्वामित्रजीले व्रत गरेर गणेशजीसँग जन्मले मुक्त भएर 'ब्रह्म-ऋषि' हुने वर माँगे । गणेशजीले उनको मनोकामना पूर्ण गरे । यस्तो हो श्री गणेशजी, जुन सबैको कामनाएँ पूर्ण गर्छन् ।
एक पल्ट महादेवजी स्नान गर्नको लागि भोगावती गए । उनी गएको पश्चात पार्वतीले आफ्नो शरिरको मैल निकालेर एक पुतला बनाइन् र उनको नाम 'गणेश' राखिन् । पार्वतीले उनलाई भनिन् - हे पुत्र! तिमी एक मुगदल (गदा) लिएर ढोकामा बस । म भित्र गएर स्नान गर्छु जब सम्म म स्नान न गरुँ, तब सम्म तिमी कुनै पनि पुरुषलाई भित्र आउन नदिनु ।
भोगावतीमा स्नान गरेर जब भगवान शिवजी आए तब गणेशजीले उनलाई द्वारमा रोके यसलाई शिवजीले आफ्नो अपमान बुझे र क्रोधित भएर उनको टाउको शरिरबाट छुटुटाएर भित्र गए । पार्वतीले उनलाई बेखुस देखेर सोचिन् कि भोजनमा विलम्ब भएको कारण महादेवजी बेखुश छन् । यसैले उनले तत्काल दुइ थालहरूमा भोजन पस्किएर शिवजीलाई बोलाइन् ।
तब दोश्रो थाल देखेर तनिक आश्चर्यचकित भएर शिवजीले सोधे- यो दोश्रो थाल कसको लागि हो ? पार्वती जीले भनिन्- पुत्र गणेशको लागि हो, जुन बाहिर द्वारमा पहरा दिइरहेको छ ।
यो सुनेर शिवजी बढी आश्चर्यचकित भए । तपाइँको पुत्र पहरा दिइ रहेको छ ? हाँ नाथ! के तपाईँले उसलाई देख्नु भएन ? देखेको त थिएँ, उसले मलाई रोकेपछि उसलाई कुनै उद्दण्ड बालक बुझेर मैले उसको टाउको काटी दिएँ । यो सुनेर पार्वती जी धेरै दुःखी भइन् । उनी विलाप गर्न लागिन् । तब पार्वती जीलाई प्रसन्न गर्नको लागि भगवान शिवले एक हात्तीको टाउको काटेर बालकको शरिरमा जोडी दिए । पार्वती जी यस प्रकार पुत्र गणेशलाई पाएर धेरै प्रसन्न भइन् । उनले पति तथा पुत्रलाई प्रीतिपूर्वक भोजन गराएर त्यस पछि स्वयं भोजन गरिन् ।
यो घटना भाद्रपद शुक्ल चतुर्थीको भएको थियो । यसैको लागि यो तिथि पुण्य पर्वको रूपमा मनाईन्छ ।
भाद्रपद-कृष्ण-चतुर्थी देखि प्रारंभ गरेर प्रत्येक महिनाको कृष्णपक्षको चंद्रोदयव्यापिनीचतुर्थीको दिन व्रत गर्दा खेरि विघ्नेश्वरगणेश प्रसन्न भएर समस्त विघ्न र संकट टाढा गरेर दिछन।
प्रत्येक शुक्ल पक्ष चतुर्थीको चन्द्रदर्शनको पश्चात् व्रतीको आहार लेनेको निर्देश छ, यसको पूर्व हैन। तर भाद्रपद शुक्ल पक्षको चतुर्थीको रात्रिमा चन्द्र-दर्शन (चन्द्रमा देखने को) निषिद्ध गरिएको छ।
जो व्यक्ति यस रात्रिको चन्द्रमा लाई हेर्छन् उनलाई झूठा-कलंक प्राप्त हुन्छ। यस्तो शास्त्रहरूको निर्देश छ। यो अनुभूत पनि छ। यस गणेश चतुर्थीको चन्द्र-दर्शन गर्ने व्यक्तिहरू लाई उक्त परिणाम अनुभूत हुए, यसमा संशय छैन। यदि जाने-अनजानेमा चन्द्रमा दिख पनि जाए त निम्न मन्त्रको पाठ अवश्य गरेर लेना चाहिए-
'सिहः प्रसेनम् अवधीत्, सिंहहरू जाम्बवता हतः।
सुकुमारकमा रोदीस्तव ह्येष स्वमन्तकः॥'
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.