किलियन एम्बाप्पे
From Wikipedia, the free encyclopedia
किलियन एम्बाप्पे (Kylian Sanmi Mbappé Lottin) (फ्रान्सेली उच्चारण: [kiljan (ə)mbape]; जन्म: सन् १९९८ डिसेम्बर २०, एक फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनलाई मात्र १९ वर्षको उमेरमा विश्वकै उत्कृष्ट युवा फुटबलर घोषणा गरिएको थियो। यसका साथै उनलाई फुटबल जगतको उदाउँदो नक्षत्रको रूपमा पनि चित्रण गरिएको थियो। बोन्डी युथ एकेडेमीमा हुँदै गर्दा एम्बाप्पेको चर्चा चुलिएको थियो जसका कारण फ्रान्सको व्यवसायिक फुटबल क्लब एएस मोनाकोले उनलाई व्यवसायिक फुटबलमा पदार्पण गर्ने निम्तो दिएको थियो। सन् २०१५ मा मोनाकोबाट पदार्पण गरेसँगै उनी आफ्नो जादुयी खेलले प्रशिक्षक, समकक्षी र दर्शक सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल भएका थिए। उनकै उत्कृष्ट प्रदर्शनको कारण मोनाकोले सन् २०१६-१७ को लिग-१ उपाधि जित्न सफल भएको थियो। यो उपाधि मोनाकोले १७ वर्षपछि जितेको थियो। एक वर्षपछि, फ्रान्सेली क्लब फुटबलको महारथी पेरिस सेन्ट-जर्मेन फुटबल क्लबले एम्बाप्पेलाई आफ्नो क्लबमा भित्राएको थियो। यसरी एम्बाप्पेलाई आफ्नो क्लबमा ल्याउन पिएसजीले १८ करोड युरो खर्च गरेको थियो। सन् २०१७ को डिसेम्बरमा एम्बाप्पेले युइएफए च्याम्पियन्स लिगको दशौँ गोल गरेका थिए। यसो गर्ने एम्बाप्पे सबैभन्दा कान्छा खेलाडी हुन्। व्यवसायिक फुटबलमा पदार्पण गरेको साल एम्बाप्पेले मोनाकोलाई लिग-१, कप डी फ्रान्स र कप डी ला लिग गरी तिन विभिन्न उपाधि जिताएका थिए। सन् २०१७ मा फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट पदार्पण गर्नु अघि एम्बाप्पेले फ्रान्सको १७ र १९ वर्ष मुनिको फुटबल टोलीबाट समेत फ्रान्सको प्रतिनिधित्व गरेका थिए। २०१८ फिफा विश्वकपमा एम्बाप्पे फ्रान्सको लागि विश्वकपमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका थिए भने पेलेपछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बन्न पुगेका थिए। फ्रान्सले २०१८ फिफा विश्वकपको उपाधि जित्दा उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक गोलकर्ताहरू मध्येका एक थिए। सो विश्वकपमा उनले बेस्ट यङ प्लेयर अवार्ड जितेका थिए।
![]() एम्बाप्पे आफ्ना पिएसजीजा सहकर्मीसँग सन् २०१९ मा | |||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | किलियन सन्मी एम्बाप्पे लोट्टिन | ||||||||||||||||||||||||||||||
जन्म मिति | [१] | २० डिसेम्बर १९९८||||||||||||||||||||||||||||||
जन्म स्थान | पेरिस, फ्रान्स | ||||||||||||||||||||||||||||||
उचाइ | १.७८ मी (५ फिट १० इन्च) | ||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||||||||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||||||||
वर्तमान टोली | रियल म्याड्रिड | ||||||||||||||||||||||||||||||
सङ्ख्या | ९ | ||||||||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||||||||
२०१०-२०१३ | बोन्डी सिएफ | ||||||||||||||||||||||||||||||
२०११-२०१३ | क्लार्फोटेईन | ||||||||||||||||||||||||||||||
२०१३-२०१५ | मोनाको | ||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||
२०१५-२०१६ | मोनाको | १२ | (४) | ||||||||||||||||||||||||||||
२०१५–२०१७ | ए एस मोनाको एफसी | ४१ | (१६) | ||||||||||||||||||||||||||||
२०१७–२०१८ | पेरिस सेन्ट-जर्मेन (ऋणमा) | २७ | (१३) | ||||||||||||||||||||||||||||
२०१८–२०२४ | पेरिस सेन्ट-जर्मेन | १७८ | (१६२) | ||||||||||||||||||||||||||||
२०२४- | रियल म्याड्रिड | ४ | (२) | ||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||||||||
२०१४-२०१५ | फ्रान्स-१८ | २ | (०) | ||||||||||||||||||||||||||||
२०१६ | फ्रान्स-१९ | ११ | (७) | ||||||||||||||||||||||||||||
२०१७– | फ्रान्स | ८६ | (४८) | ||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:२९, १ सेप्टेम्बर २०२४ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:५०, ९ सेप्टेम्बर २०२४ (युटिसी) |
प्रारम्भिक जीवन
फ्रान्सको राजधानी सहर पेरिसमा जन्मिएका एम्बाप्पेका वुवा विलफ्रिड एम्बाप्पे क्यामरूनमा जन्मिएका थिए। उनको बुवा एक फुटबल प्रशिक्षक समेत हुन्। त्यस्तै किलियन एम्बाप्पेकी आमा फेजा लमारी पनि अफ्रिकी मुलुक अल्जेरियामा जन्मिएकी हुन् जो पूर्व ह्यान्डबल खेलाडी हुन्। किलियनका भाइ इथान एम्बाप्पे पनि एक फुटबल खेलाडी छन्। किलियनका बाबुले धर्मपुत्र पालेका थिए जसको नाम केम्बो इकोको हो जो एक व्यवसायिक फुटबलर नै हुन्। एम्बाप्पे बाल्यकालमा क्रिस्टियानो रोनाल्डोका तस्विर र पोस्टरहरू आफ्नो कोठाको भित्तामा सजाउने गर्दथे।
क्लब जीवन
प्रारम्भिक करियर
"उसँग प्राविधिक कौशल र दृष्टि छ जुन अधिकांश केटाकेटीमा हुँदैन। उसको टाउको पछाडि आँखा छ। कहाँ हानेको बल कता जान्छ भनेर उसले पूर्वानुमान लगाउन सक्छ।”
एट्मेन एरुची, एएस बोन्डी क्लबका अध्यक्षको भनाई, एम्बाप्पेका बारेमा[२]
एम्बाप्पेले आफ्नो फुटबल करियर आफ्नै वुवाले प्रशिक्षण दिने एएस बोन्डीबाट सुरू गरेका थिए। एएस बोन्डीकै अर्का प्रशिक्षक एन्टोनियो रिक्कार्डीले एम्बाप्पेको बारेमा भनेका छन्,
मैले पहिलो पटक उसलाई प्रशिक्षण दिँदा ऊ ६ वर्षको थियो। तपाईँ भन्न सक्नुहुन्छ कि ऊ अरूभन्दा पृथक थियो। किलियनले अरू बच्चाले भन्दा धेरै राम्रो गर्न सक्छ। त्यतिबेलै उसको ड्रिब्लिङ् उत्कृष्ट थियो र ऊ अन्य बच्चाभन्दा धेरै छिटो दौडन्थ्यो। मैले यहाँ प्रशिक्षण गराएको १५ वर्ष भयो तर यो अवधिमा मैले भेटेका खेलाडी मध्यै ऊ नै उत्कृष्ट हो। पेरिसमा धेरै प्रतिभावान खेलाडी छन् तर ऊ जतिको प्रतिभावान खेलाडी मैले देखेको छैन। ऊ त्यो खेलाडी हो जसलाई हामी उत्कृष्ट भन्छौँ।[२]
अचानक, उनी क्लेरफन्टाइन फुटबल एकेडेमी गए जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै गर्दा कैयौँ कहलिएका फ्रान्सेली क्लब, रियल म्याड्रिड, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख जस्ता क्लबले उनलाई ट्रान्सफरको निसानामा पारेका थिए।[२] एम्बाप्पे ११ वर्षको हुँदा चेल्सीका लागि ट्रायल दिन लन्डन गएका थिए जहाँ उनले चेल्सीको युवा टोलीबाट चार्लटन एथ्लेटिक क्लब विरूद्ध खेलेका थिए।[३] अन्तन: उनी आफ्नो व्यवसायिक फुटबल एएस मोनाकोबाट खेल्न थालेका थिए।[४]
मोनाको
२०१५–१६ सिजन
एम्बाप्पेले सन् २०१५ डिसेम्बर २ मा फाबियो कोन्ट्राओलाई ८८औँ मिनेटमा प्रतिस्थापन गर्दै लिग-१मा पदार्पण गरेका थिए। मोनाकोको घरेलु मैदानमा खेलिएको सो खेल स्टेड मालहर्बी केन विरूद्ध थियो जुन १-१ को बराबरीमा सकिएको थियो। त्यसदिन एम्बाप्पे १६ वर्ष ३४७ दिनका थिए जसका कारण उनले मोनाकोको पहिलो श्रेणीको टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए जुन कीर्तिमान २१ वर्ष अघि थिएरी हेनरीले बनाएका थिए।
सन् २०१६ फेब्रुअरी २० मा, एम्बाप्पले क्लबको पहिलो श्रेणीको टोलीबाट खेल्दै पहिलो गोल गरेका थिए। मोनाकोको घरेलु मैदानमा भएको लिग-१को सो खेलमा मोनाकोले ट्रोएज एसीलाई ३-१ ले पराजित गर्दा थिएरी हेनरीको अर्को कीर्तिमान भङ्ग भएको थियो जसलाई एम्बाप्पेले नै पूर्ण गरेका थिए। सो खेलमा गोल गरेर एम्बाप्पे मोनाकोको इतिहासमा पहिलो श्रेणीको टोलीबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष ६२ दिन) बनेका थिए।[५][६]६ मार्च २०१६ मा एम्बाप्पेले तिन वर्षसम्म (जुन २०१९ सम्म) मोनाकोमै आबद्ध रहिरहने गरी करार गरे ।[७]
२०१६–१७ सिजन
सन् २०१६ डिसेम्बर १४ मा २०१६-१७ कप डी ला लिगको नकआउट चरण (अन्तिम १६) मा मोनाकोले स्टेड रेन्नाइस एफसीलाई ७-० को फराकिलो अन्तरले पाखा लगाउँदा एम्बाप्पले आफ्नो पहिलो श्रेणी टोली करियरकै पहिलो ह्याट्रिक गरेका थिए।[८]
सन् २०१७ फेब्रुअरी ११ मा एम्बाप्पेले लिग-१मा करियरको पहिलो ह्याट्रिक गरेका थिए जुन खेल मोनाकोको घरेलु मैदानमा एफसी मेट्ज विरूद्ध भएको थियो। सो खेलमा मोनाको ५-० ले विजयी भएको थियो भने १८ वर्ष २ महिनाको उमेरमा लिग-१मा ह्याट्रिक गर्दै एम्बाप्पे सबभन्दा कम उमेरमा लिग-१ मा ह्याट्रिक गर्ने खेलाडी बनेका थिए। उनले जेरेमी मेनेजले सन् २००५ मा राखेको कीर्तिमानलाई भङ्ग गरेका थिए।[९] १५ मार्चमा भएको युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ खेलको सेकेन्ड लेग म्याचमा बर्नार्डो सिल्भाको क्रसलाई आठौँ मिनेटमा गोलमा परिणत गर्दै एम्बाप्पेले मोनाकोलाई १-० को अग्रता दिलाए जुन खेलमा मोनाकोले म्यानचेस्टर सिटी फुटबल क्लबलाई ३-१ ले पराजित गरेको थियो। समग्रमा ६-६ गोल भएपनि मोनाको बाह्य गोलका आधारमा क्वार्टर फाइनलमा प्रवेश गरेको थियो।[१०] एम्बाप्पेले सम्पूर्ण प्रकारका प्रतियोगितामा ४४ खेलमा २६ गोल गर्दै सन् २०१६-१७ को सिजन टुङ्ग्याएका थिए। अर्को सिजनमा एम्बाप्पे ऋणमा पेरिस सेन्ट-जर्मेनमा गएका थिए।[११]
उपाधि तथा सम्मान
बाह्य कडी

विकिमिडिया कमन्समा किलियन एम्बाप्पे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- एम्बाप्पेको प्रोफाइल[स्थायी मृत कडी] पेरिस सेन्ट जर्मेनको वेबसाइटमा
- प्रोफाइल फ्रान्स फुटबल सङ्घको आधिकारिक वेबसाइटमा
- किलियन एम्बाप्पे – फिफा प्रतियोगिता तथ्याङ्क
- किलियन एम्बाप्पे – युइएफए प्रतियोगिता तथ्याङ्क
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.