From Wikipedia, the free encyclopedia
स०५४ वा इनरुवा-दुहबी राजमार्ग वा इनरुवा-दुहबी सडक कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित नेपालको छोटो राष्ट्रिय साहायक राजमार्ग हो। राजमार्गको कुल लम्बाइ मात्र १४.३२ किलोमिटर (८.९० माइल) छ। चार लेनको राष्ट्रिय साहायक राजमार्गको सडक पूर्ण कालो गरिनेछ । पहिले पहिले, सीधा विराटनगर जाने यात्रुलाई इटहरी गएर विराटनगरतर्फ लाग्नुपर्ने हुन्थ्यो । तर इनरुवा-दुहबी सहायक सडकको कारणले अहिले इटहरी गईराख्नुपर्ने छैन । इनरुवाबाट सीधा पूर्व दुहबी निस्किन पाएदेखि १४ किमीको दूरी बचत भएको छ । जसले गर्दा गाडी र सवारीको तेल, पैसा र समयको ठूलो बचत भएको छ । [1]
महेन्द्र राजमार्ग र कोशी राजमार्ग आपसमा इटहरीमा पुगेर जोडिन्छन् । सुनसरी जिल्लाको पश्चिमी सीमा भएर जाने महेन्द्र राजमार्ग र यस जिल्लाको पूर्वी सीमा भएर जाने कोशी राजमार्गसँग जिल्लाको ग्रामीण भेगलाई जोड्ने काम यस इनरुवा-दुहबी सडकले गरेको छ । महेन्द्र राजमार्ग र कोशी राजमार्गलाई ग्रामीण भेगमा इनरुवा-दुहबी सडकले जोड्ने काम पनि गरेको छ । यस सडकको निर्माणको श्रेय प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई दिइन्छ । यस भेगमा सिंचाइ प्रणालीको पनि पहुँच छ । तर यस भेगको कृषि क्षेत्र र कृषक वर्गले यसको लाभ उठाउन सकेको देखिंदैन । हाल, इनरुवा-दुहबी सडक झैं इनरुवादेखि १० किमी तल लौकहीबाट विराटनगर जोड्ने सडक बन्दै गरेको छ । यो सडक हुलाकी राजमार्गको हिस्साको रूपमा लौकही-विराटनगर खण्ड हो । [2]
इनरुवा-दुहबी साहायक सडक | |
---|---|
Inaruwa-Dhuhabi Secondary Highway | |
मार्ग विवरण | |
लम्बाइ | १४.३२ किमी (८.९0 माइल) |
अवस्था | निर्माणनधिन अवस्थामा |
इतिहास | कालो-पत्रे चार लेन (Black topped four lanes) |
प्रमुख स्थानहरू | |
East अन्त्य | इनरूवा नगरपालिका |
गढी गाउँपालिका | |
West अन्त्य | दुहबी नगरपालिका |
स्थान | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी जिल्ला |
राजमार्ग प्रणाली | |
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–१ मा स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे ।[3] [4] [5] [6] [7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.