From Wikipedia, the free encyclopedia
आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा संचालन भएको थियो, भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत आयोजना भएको थियो [1] ।
बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल यो संस्करणमा पहिलो पटक समावेश गरिएको थियो भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको थियो ।
राखेपले साउन ११, २०७५ मा बसेको बैठक मार्फत आठौँ राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुने गरी राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक हुन गइरहेको प्याराग्लाइडिङ खेल भने पूर्वाधार अभावका कारण कास्कीमा आयोजना भएको थियो ।[2]
|
|
|
स्थान | टिम | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
१. | नेपाली सेना | १४० | ८२ | ६७ | २८९ |
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।[5]
प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरूपमा प्रतिस्पर्धा गराएको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.