अनिल गुरुङ

नेपाली फूटबल खेलाडी From Wikipedia, the free encyclopedia

अनिल गुरुङ

अनिल गुरुङ नेपाली फुटबल खेलाडी हुन् । हाल उनी बेलायतको वोकिङ क्लबको ट्रायल खेल्न गएपछि चर्चामा छन् । हाल उनी मनाङ- मर्स्याङ्दी क्लबबाट खेल्छन् । उनलाई एक समय भारतिय क्लब सिलोङ लाजोङले रु. ६३ लाखमा ३ वर्षका लागि अनुबन्ध गरेको थियो ।

छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
अनिल गुरुङ
Thumb
व्यक्तिगत जानकारी
पुरा नाम अनिल गुरुङ नेपाली टोलीका लागि प्रशिक्षणका बेला
जन्म मिति (1986-09-17) १७ सेप्टेम्बर १९८६ (उमेर ३८)
जन्म स्थान पोखरा, नेपाल
उचाइ १.७० मी (५ फिट ७ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
थ्री स्टार क्लब
सङ्ख्या ११
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३ ब्रिगेड बोय्ज क्लब २५ (८)
२००४ थ्रीस्टार क्लब २७ (१३)
२००५ मनाङ- मर्स्याङ्दी क्लब २४ (३२)
२००७ न्यु रोड टिम (०)
२००९-२०१० सिलोङ लाजोङ क्लब १२ (३)
२०११ थ्री स्टार क्लब (४)
अन्तर्राष्ट्रिय करियर
२००७–२०१७ नेपाल ५० (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
बन्द गर्नुहोस्

प्रारम्भिक जीवन

अनिल गुरुङको जन्म दिलबहादुर गुरुङ र लक्ष्मी कुमारी गुरुङका सुपुत्रका रूपमा मालेपाटन, पोखरामा भएको हो। उनले बाराहीमा बि पढेका हुन्। उनले १३ वर्षको कलिलो उमेरमै फुटबल खेल्न थालेका हुन्। उनले पहिला सहारा क्लब, पोखराबाट खेल्न थाले। अरुको जस्तै उनको बा आमाले पनि खेलेर पैसा नकमाइने भन्दै उनलाई खेल्नबाट टाढा राख्न खोजे र सेनामा भर्ती भएको हेर्न चाहन्थे। परिवारको इच्छा विपरीत उनी खेलिरहे।

घरायसी खेल र सफलता

नेपाली लिगमा अनिलले पहिला ब्रिगेड ब्वाइज, त्यसपछि थ्री स्टार, न्यु रोड टिम, र मनाङ मर्स्याङ्दी क्लबमा खेले। उनले पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा बढी ३२ गोल हान्दै यामाहा बाइक जिते। त्यस लगायत उनले अनगिन्ती पुरस्कार जितेका छन्।

बेलायतमा ट्रायल

अनिल गुरुङ बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबका लागि ट्रायल खेल्न गएका थिए। यसो गर्ने उनी प्रथम नेपाली हुन्। उनलाई सहारा (पोखरा) र सहारा (युके)ले आर्थिक सहयोग गरेको थियो। उनले केही समस्याका कारण त्यहाँ मौका नपाए पनि उनी नेपालको खेल जगतमा नायक भएका छन्।[१]

भारतको आइ लिग र सिलोङ लाजोङ

पहिला भारतको सिलोङ लाजोङ क्लबबाट बोलाईए पनि उनी बेलायतजान परेकाले उनले इन्कार गर्दै आएका थिए। अक्टोबर ३०, २००९ का दिन अनिलले भारतीय आइ लिग क्लब सिलोङ लाजोङसँग रु ६३ लाखमा ३ वर्षका लागि अनुबन्धित भए। यससँगै उनी सबैभन्दा बढी कमाउने नेपाली फुटबल खेलाडी बने।

अन्तर्राष्ट्रिय खेल

Thumb
२०१३ साफ च्याम्पियनसिप मा बङ्गलादेश विरूद्धको समुह चरणको पहिलो खेलको म्यान अफ दि-म्याच पुरस्कार ग्रहण गर्दै

सन्यास

फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् । सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए । पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीमा पर्न संघर्षरत थिए । अखिल नेपाल फुटबल सङ्घ एन्फाले विशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ ।

अन्तराष्ट्रिय गोल

नेपालले गरेको गोल अघिल्लो
थप जानकारी #, मिति ...
#मितिस्थानप्रतिद्वन्दीस्कोरनतिजाप्रतिस्पर्धा
१.२५ मार्च २००८पोखरा रङ्गशाला, पोखरा पाकिस्तान
२–१
२–१
मैत्रीपूर्ण
२.१५ अक्टोबर २००८एमबीजेयु रङ्गशाला, Petaling Jaya अफगानिस्तान
१–१
२–२
2008 Merdeka Tournament
३.२९ नोभेम्बर २००९महम्मदेन स्पोर्टिङ क्लब, कोलकाता भुटान
१–१
२-१
मैत्रीपूर्ण
४.१० डिसेम्बर २००९बङ्गबन्धु राष्ट्रिय रंगशाला, ढाका अफगानिस्तान
१–०
३–०
२००९ साफ च्याम्पियनसिप
५.१० डिसेम्बर २००९बङ्गबन्धु राष्ट्रिय रङ्गशाला, ढाका अफगानिस्तान
३–०
३–०
२००९ साफ च्याम्पियनसिप
६.१९ मार्च २०११पोखरा रङ्गशाला, पोखरा भुटान
२–०
२–१
मैत्रीपूर्ण
७.२९ जुन २०११दशरथ रङ्गशाला, काठमाडौपूर्वी टिमोर पूर्वी टिमोर
१–०
२–१
२०१४ फिफा विश्व कप छनोट
८.२ जुलाई २०११दशरथ रङ्गशाला,काठमाडौपूर्वी टिमोर पूर्वी टिमोर
१–०
५–०
२०१४ फिफा विश्वकप छनोट
९.३१ अगस्त २०१३दशरथ रङ्गशाला,काठमाडौ बङ्गलादेश
१–०
२–०
२०१३ साफ च्याम्पियनसिप
१०.५ सेप्टेम्बर २०१३दशरथ रङ्गशाला,काठमाडौ भारत
१–०
२–१
२०१३ साफ च्याम्पियनसिप
बन्द गर्नुहोस्

उपाधिहरू

सन्दर्भ

बाहिरी लिङ्कहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.