From Wikipedia, the free encyclopedia
उपनाम(हरू) | गोर्खाली | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | गोतुकि कोजी | ||
कप्तान | विराज महर्जन | ||
सर्वाधिक गोलकर्ता | नवयुग श्रेष्ठ (१ गोल) | ||
| |||
ठूलो विजय | |||
नेपाल:०-४:भुटान ६ सेप्टेम्बर २०१८ २०१८ साफ च्याम्पियनसिप |
मिति | विपक्ष | नतिजा | गोल* | खेल स्थान | प्रतिस्पर्धा |
---|---|---|---|---|---|
१३ मार्च २०१८ | यमन | हार | २-१ | सुहिम बिन हमाद स्टेडियम, दोहा (कतार) | एसिया कप छनोट |
४ सेप्टेम्बर २०१८ | पाकिस्तान | हार | २-१ | बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) | साफ च्याम्पियनसिप |
६ सेप्टेम्बर २०१८ | भुटान | जित | ४-० | बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) | साफ च्याम्पियनसिप |
८ सेप्टेम्बर २०१८ | बङ्गलादेश | जित | २-० | बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) | साफ च्याम्पियनसिप |
यमन | २–१ | नेपाल |
---|---|---|
|
|
नेपाल | ४–० | भुटान |
---|---|---|
|
विवरण |
नेपालले २०१८ सालको पहिलो खेलमा यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको थियो । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा २७ मार्च मा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको थियो ।यमनले २४ औँ मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पेनाल्टीमा गोल गर्दा नेपाल पराजित हुन पुग्यो । ८३ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डि–बक्समा फाउल गरेपछि यमनले पेनाल्टी पाएको थियो । जसलाई यमनी खेलाडीले सदुपयोग गरे ।
छनोट चरणबाट बाहिरिसकेको नेपालको लागि यो खल प्रतिष्ठाको लागि मात्रै थियो । भने, यमनलाई एसियाएसियन कपमा छनोट हुनु नेपालविरुद्धको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै यमन सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि छनोट हुन सफल भएको छ । गत जेठमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो । यमनसँग नेपालको यो चौथो भेट हो । सन् २००० को एसिया कप छनोटमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो । सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । सन् २०१७ को एसियन कप छनोटमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।[1]
नेपालले साफ च्याम्पियनसिप(साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो ।
२०१८ साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यहरू:-[2]
गोलकिपर |
डिफेन्डर
|
मिडफिल्ड |
फरवार्ड |
नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको थियो। बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।त्यसअघि नेपाललाई खेलमा फर्काउने क्रममा विमल घर्तीमगरले ८२ औंमा मिनेटमा खेलमा बराबरी गरेका थिए ।
पाकिस्तानविरुद्ध मंगलबार सुजल श्रेष्ठको कर्नरमा आएको बल परिवर्तित निराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए । ६७ औँ मिनेटमा नवयुग श्रेष्ठको ठाँउमा नीराजन मैदान प्रवेश गरेपछि नेपालले दबाब बढाएको थियो । त्यसअघि ३६ औँ मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । नेपाली टोली कप्तान विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।खेलमा पछि पर्नुअघि नेपालले केहि अवसर पाएर पनि फितलो प्रहार गरेको थियो । १३ औँ मिनेटमा विमल घर्ती मगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औँ मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औँ मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो । खेलमा पछि परेर पनि नेपालले एउटा राम्रो अवसर पाएको थियो । तर, सफल हुन सकेन । कर्नरमा आएको बलमा डेब्यू गरिरहेका सुमन अर्यालले हेड प्रहार गरे पनि पाकिस्तानका गोलकिपर युसफ इजाज बटले रोकेका थिए ।
दोस्रो हाफमा पनि नेपालले केहि अवसर पायो, तर उपयोग गनए सकेन । ४९ औँ मिनेटमा अनन्त तामाङको प्रहार गोल हुन सकेन । उल्टो पाकिस्तानले अन्तर दोब्बर पार्ने अवसर प्राप्त गरेको थियो । दुई रक्षकलाई विट गर्दै गोलकिपर किरण चेम्जोङसँग वान भर्सेस वानमा सादुल्लाहको प्रहार पोष्टमा लागेर फर्केको थियो ।[3]
किरण चेम्जोङ, विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी,विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट, भरत खवास (सुनिल बल ७३ मिनेट), नवयुग श्रेष्ठ (नीराजन खड्का,६७ मिनेट)
२ गोल
१ गोल
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.