१९८९ (टेलर स्विफ्टको एल्बम)
From Wikipedia, the free encyclopedia
"१९८९" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको पाँचौँ स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्डस् द्वरा २७ अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। स्विफ्टले उनको चौँथो स्टुडियो एल्बमको रेडको सार्वजनिक पछि यस एल्बमको लागि गीतहरू रेकर्ड गर्न सुरु गरेकी थिइन्। दुई वर्षको अवधिमा स्विफ्टले म्याक्स मार्टिन, सेलब्याक र अन्य रेकर्ड निर्मातासँग सहकार्य गर्दै एल्बमका लागि गीत रेकर्ड गराउन सुरु गरेकी थिइन्। यस एल्बमको शीर्षक स्विफ्टको जन्म वर्षको आधारमा राखिएको थियो र यस एल्बममा समावेश गरिएका सङ्गीत १९८० को दशकका पप सङ्गीतहरू द्वारा प्रेरित भएको थियो।
१९८९ | ||||
---|---|---|---|---|
![]() | ||||
को स्टुडियो एल्बम | ||||
जारी | २७ अक्टोबर २०१४ (2014-10-27) | |||
रेकर्ड गरिएको | २०१३–१४ | |||
शैली | ||||
लम्बाइ | ४८:४१ | |||
लेबल | बिग मेसिन | |||
रेकर्ड निर्माता (हरू) |
| |||
टेलर स्विफ्ट कालक्रम | ||||
| ||||
१९८९को एकल गीतहरू | ||||
| ||||
एल्बमले स्विफ्टको पछिल्लो एल्बममा समावेश गरिएका कन्ट्रि सङ्गीतबाट प्रस्थानको प्रतिनिधित्व गर्दछ र स्विफ्ट द्वारा उनको पहिलो दस्तावेज आधिकारिक पप एल्बम को रूपमा वर्णन गरिएको छ। १९८९ एल्बमका गीतहरूमा वाद्ययन्त्रका रूपमा विषेश गरी ड्रम प्रोग्रामिङ, सिन्थेसाइजर्स, पुलसटिङ बेस, गीतारहरूको प्रयोग गरिएको छ। १९८९ ले समकालीन सङ्गीत आलोचकहरूबाट सामान्यतया सकारात्मक समीक्षा प्राप्त गर्यो र यसलाई बिलबोर्ड, टाइम, र रोलिङ स्टोन सहित विभिन्न प्रकाशनहरू द्वारा २०१४ को सर्वश्रेष्ठ एल्बमहरूको रूपमा वर्णन गरियो।
१९८९ ले संयुक्त राज्यमा १.२८७ मिलियन प्रतिलिपीहरू बिक्री गर्यो भने एल्बम सार्वजनिक भएको पहिलो हप्ता एल्बम बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थानमा आउन सफल भएको थियो। एल्बम सन् २०१४ मा संयुक्त राज्य अमेरिकाको सर्वाधिक बिक्री हुन सफल एल्बमको रूपमा स्थापित भयो भने डिसेम्बर २०१७ सम्म एल्बमका कुल ६.११ मिलियन प्रतिलिपीहरू विश्व व्यापी रूपमा बिक्री भएको थियो। एल्बमका १०.१ मिलियन प्रतिलिपीहरू बिक्री हुने क्रममा गीतका सात एकल सङ्गीतहरू सार्वजनिक गरिएको थियो जसमा ब्ल्याङ्क स्पेस, सेक इट अफ र ब्याड ब्लड गरी तीन गीतहरू बिलबोर्ड हट १००को शीर्ष स्थानमा आउन सफल भएका थिए र त्यस्तै गरी स्टाइल र वाइल्डेस्ट ड्रिम्स बिलबोर्डको शीर्ष दशमा र आउट अफ द उड्सले शीर्ष २० मा स्थान सुरक्षित गरेको थियो।[2] एल्बममा पहिलो पाँच एकलले अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वरा विभिन्न प्रमाणपत्रहरू प्राप्त गरेको थियो। यस एल्बमले सन् २०१६ को वर्षको उत्कृष्ट एल्बमको रूपमा ग्र्यामी अवार्ड जित्न सफल भयो जसले गर्दा स्विफ्ट दुईपटक ग्र्यामी अवार्ड जित्ने पहिलो महिला कलाकार बनिन्।