१९७३ तेल सङ्कट
From Wikipedia, the free encyclopedia
१९७३ तेल सङ्कट अरब पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घका सदस्य राष्ट्रहरूले तेलमा व्यापारिक प्रतिरोध सुरु गरेपछी अक्टोबर १९७३ मा प्रारम्भ भयो। यो तेलको व्यापारिक प्रतिरोध योम किप्पुर युद्धमा इजरायललाई सहयोग गर्ने देशहरू माथि लक्षित गरिएको थियो । [2] प्रारम्भमा यो व्यापारिक प्रतिरोध क्यानाडा, जापान, नेदरल्यान्ड्स, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका माथि लक्षित गरिएको थियो र पछि पोर्चुगल र दक्षिण अफ्रिका माथि पनि विस्तार गरियो । मार्च १९७४ मा व्यापारिक प्रतिरोध अन्त्य भएसंगै ,[3] तेलको मूल्य ३ अमेरिकी डलर प्रति ब्यारेलबाट झन्डै १२ डलर पुगेको थियो र त्यस समयमा अमेरिकी डलरको मूल्य निकै उच्च थिए। यो व्यापरिक प्रतिरोधले तेल सङ्कट निम्त्यायो र विश्व राजनीति र वैश्विक अर्थतन्त्रमा थुप्रै तत्कालको र दीर्घकालीन असरहरू देखा पर्यो। यसलाई १९७९ को तेल सङ्कट 'दोश्रो तेल सङ्कट' भएपछि 'पहिलो तेल सङ्कट' भनियो ।