१९६० यू-२ घटना
From Wikipedia, the free encyclopedia
१९६० यू-२ घटना १ मई १९६० एक अमेरिकी यू-२ जासूस विमानलाई सोभियत हवाई रक्षा बलहरुले भित्र गहिरो सोभियत क्षेत्रमा लडाएको घटना हो। त्यो एकल-सीट विमानलाई सीआईए पायलट फ्रान्सिस गैरी पावर्सले उडाएका थियो। पावर्सले आफुलाई बाहिर सुरक्षित रूपमा इजेक्ट गरे, जहाँ उनलाई पछि सोभियत सेनाले कब्जा गर्यो।
सुरुमा, अमेरिकी अधिकारीहरूले उक्त घटनालाई नासाले सञ्चालन गरेको नागरिक मौसम अनुसन्धान विमानको क्षति हो भनेर अस्वीकार गरे तर केही दिनपछि सोभियत सरकारले पक्राउ परेका पाइलट र यू -२ को निगरानीका भागहरू प्रस्तुत गरे पछि अमेरिकी अधिकारीहरू मिसनको वास्तविक उद्देश्य स्वीकार गर्न बाध्य भए।
घटनाको समयमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आइजेनहावर र सोभियत सर्वोच्च नेता निकिता ख्रुश्चेभ थिए। यो घटनाको कारणले शीत युद्ध अझै तनावपूर्ण भयो। [1]
पावर्सलाई जासुसीको अभियोगमा दोषी ठहरियो र तीन वर्ष कैद र सात वर्ष कडा श्रमको सजाय सुनायो, तर दुई वर्ष पछि १० फेब्रुअरी १९६२ सोभियत गुप्तचर अधिकारी रुडोल्फ एबेलसँग कैदी साटासाटको अवसरमा पावर्सलाई रिहा गरियो। [2]