From Wikipedia, the free encyclopedia
हैदराबाद जिल्ला भारतको तेलङ्गाना राज्यको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला हो जसले हैदराबादको महानगरीय क्षेत्रको एक भाग समावेश गर्दछ। यसको नेतृत्व एक जिल्ला कलेक्टर हो जो भारतीय प्रशासनिक सेवा क्याडरबाट लिइएको हो र राज्य सरकारले नियुक्त गरेको हो। यो राज्यका सबै जिल्लाहरूमध्ये सबैभन्दा सानो हो, तर सबैभन्दा बढी मानव घनत्व छ।
हैदराबाद जिल्ला | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | हैदराबाद |
क्षेत्रफल | |
• तेलङ्गानाको जिल्ला | २१७ किमी२ (८४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• तेलङ्गानाको जिल्ला | ३९४३३२३ |
• घनत्व | १८०००/किमी२ (४७०००/वर्ग माइल) |
• सहरी | १००% |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
सन् १९५६ मा हैदराबाद राज्यको तेलुगु भाषीलाई विलय गरेर आन्ध्र प्रदेश बनेपछि हैदराबाद जिल्लाको सीमा परिवर्तन गरी गुलबर्ग जिल्लाको तेलुगु भाषी क्षेत्र तन्दुर तालुकलाई हैदराबाद जिल्लामा विलय गरियो र महबुबनगर जिल्लाको परीगी तालुक र मेडक जिल्लाको विकरावाद तालुकलाई पनि हैदराबाद जिल्लामा विलय गरियो।[1]
हैदराबाद जिल्लाले लगभग २१७ वर्ग किलोमिटर (८४ वर्ग माइल) क्षेत्र ओगटेको छ।[2]
सन् २०११ को जनगणनामा हैदराबाद जिल्लाको जनसङ्ख्या ३,९४३,३२३ थियो, जसमा धार्मिक संरचनाहरू थिएँ: हिन्दु (५१.४५%), मुस्लिम (४३.८९%), ईसाई (२.२२%), जैन (०.५%), सिख (०.२९%), बौद्ध (०.०३%), र १.५८% ले कुनै धर्म बताएनन्।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.