धेरै भौगोलिक रूपमा सम्बन्धित हिमालहरू भएको भौगोलिक क्षेत्र From Wikipedia, the free encyclopedia
हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङ्खला अर्थात लहरहरूलाई नै हिमशृङ्खला भनिन्छ । एउटा हिमशृङ्खलामा हिमालहरूको लहर हुन्छ, जुन एकआपसमा टाँसिएको हुन्छ र यिनीहरूलाई खोंच तथा घाटीहरूले एकअर्काबाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन कि एउटा हिमशृङ्खलाभित्र पर्ने सम्पूर्ण हिमालहरूको भूविज्ञान(सङ्गठन) एकै समान होस् तर लगभग एकजस्तै हुन्छ । महालङ्गुर हिमशृङ्खलामा पृथ्वीको सतहमा अवस्थित संसारका केही सर्वोच्च हिमशृङ्खलाहरु रहेका छन् । जसमा सगरमाथा पनि रहेको छ । एण्डिज पृथ्वीको सतहमा रहेको विश्वको सबैभन्दा लामो पर्वतमाला रहेको छ । सबैभन्दा लामो पर्वतमाला वास्तवमा मध्य एटलान्टिक पर्वतश्रेणी हो, जसको फैलावट एटलान्टिक महासागरको बीचमा रहेको छ ।[1] आर्कटिक कार्डिलेरा विश्वको सबैभन्दा उत्तरमा स्थित पर्वतमाला हो जसमा पूर्वी उत्तरी अमेरिकाको केही उच्च हिमालहरू समाहित रहेको छ ।
हिमशृङ्खला | |
---|---|
स्थान | |
Country | भुटान |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.