स्वतन्त्रता
From Wikipedia, the free encyclopedia
स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन ।[1] अर्थात स्वतन्त्र देश, राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन् । स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ ।