दर्शन
सामान्य र आधारभूत समस्याहरूको अध्ययन / From Wikipedia, the free encyclopedia
दर्शनशास्त्र (अङ्ग्रेजी: Philosophy) भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो । दर्शनशास्त्रलाई जिवनशैलीको माध्यमको रुपमा पनि लिन सकिन्छ ।