स्टाइल (टेलर स्विफ्टको गीत)
From Wikipedia, the free encyclopedia
"स्टाइल" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो। जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको पाँचौं एकल रूपमा यो गीत ९ फेब्रुअरी २०१५ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो।[1] स्विफ्टले यो गीत सेलब्याक, म्याक्स मार्टिन र अली पेयामी जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।
"स्टाइल" | ||||
---|---|---|---|---|
![]() | ||||
टेलर स्विफ्टको एकल | ||||
सार्वजनिक | ९ फेब्रुअरी २०१५ (2015-02-09) | |||
ढाँचा |
| |||
रेकर्ड | २०१२-२०१४ | |||
किसिम |
| |||
लम्बाई | ३:५१ | |||
लेबल | ||||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) |
| |||
टेलर स्विफ्ट एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"स्टाईल" युट्युबमा हेर्नुहोस् | ||||
गीत बिलबोर्ड हट १००को शिर्ष ६ सम्म पुग्दै १९८९ एल्बमको शिर्ष दशमा पर्ने तेस्रो गीतको रूपमा स्थापित भयो र अस्ट्रेलिया र क्यानाडा समेत धेरै क्षेत्रहरु को चार्ट मा शीर्ष-१० मा प्रवेश गरेको थियो। यस गीतले संयुक्त अधिराज्य, अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, आयरल्यान्ड, न्यूजील्याण्ड र नेदरल्यान्ड्स जस्ता देशहरूमा शीर्ष ४० भित्र पर्न सफल भएको थियो।[2] यस गीतको सङ्गीति भिडियोमा कायल न्यूमेनले निर्देशन गरेका छन्। भने उक्त भिडियो १३ फेब्रुअरी २०१५ मा सार्वजनिक भएको थियो। यस गीतले दक्षिण अफ्रिकाको चार्टमा केही हप्ताका लागि शिर्ष स्थान ओगटेको थियो।