सिन्ध
From Wikipedia, the free encyclopedia
सिन्ध (सिन्धी: سنڌ); (उर्दु: سندھ) पाकिस्तानका चार प्रदेशहरू मध्येको एक हो। देशको दक्षिणपूर्वी भागमा अवस्थित सिन्ध पाकिस्तानको तेस्रो सबैभन्दा ठुलो प्रदेश हो। यो कुल क्षेत्रफल र पाकिस्तानी पन्जाब पछिको जनसङ्ख्या अनुसार दोस्रो ठुलो प्रदेश हो। यसले क्रमशः उत्तरमा पाकिस्तानी प्रदेश बलुचिस्तान र पन्जाब र पूर्वमा भारतीय राज्य गुजरात र राजस्थानसँग भूमि सिमाना बाँडेको छ। यसलाई अरब सागरले दक्षिणमा पनि छोएको छ। सिन्धको भू-भाग प्रायजसो सिन्धु नदी छेउछाउको बलौटे मैदान, भारतसँगको अन्तर्राष्ट्रिय सीमासँगै प्रदेशको पूर्वी भागमा रहेको थार मरुभूमि र प्रदेशको पश्चिमी भागमा किर्थर हिमाल पर्दछन्।
सिन्ध
سندھ سنڌ | |
---|---|
उपनाम(हरू): मेहरान, बब उल इस्लाम | |
निर्देशाङ्क: २६°२१′उ॰ ६८°५१′पू॰ | |
देश | पाकिस्तान |
स्थापित |
|
राजधानी | कराची |
सबैभन्दा ठुलो सहर | कराची |
सरकार | |
• प्रकार | सङ्घीय सरकार अन्तर्गतको प्रदेश |
• अङ्ग | सिन्ध सरकार |
• प्रदेश प्रमुख | इमरान इस्माइल |
• मुख्यमन्त्री | सैयद मुराद अली शाह |
• मुख्य सचिव | मुम्ताज अली शाह |
• व्यवस्थापिका | प्रदेश सभा |
• सर्वोच्च अदालत | सिन्ध उच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | १४०९१४ किमी२ (५४४०७ वर्ग माइल) |
• क्रम | तेस्रो |
जनसङ्ख्या (सन् २०१७)[1] | |
• जम्मा | ४७८८६०५१ |
• क्रम | दोस्रो |
• घनत्व | ३४०/किमी२ (८८०/वर्ग माइल) |
वासिन्दा | सिन्धी |
समाज | |
• भाषा | सिन्धी र उर्दु |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी मानक समय) |
प्रमुख खेलकुद टोली | कराची किङ्स कराची युनाइटेड हैदराबाद हक्स कराची डल्फिन्स कराची जेब्राज |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.५३३
[2] निम्न |
राष्ट्रिय सभामा सिट | ७५ |
प्रदेेेश सभामा सिट | १६८[3] |
विभाग | ७ |
जिल्ला | ३० |
तहसील | १३८ |
सङ्घ परिषद् | ११०८[4] |
वेबसाइट | sindh.gov.pk |
सिन्धको अर्थतन्त्र पन्जाब प्रदेश पछि पाकिस्तानको दोस्रो ठुलो अर्थव्यवस्था हो। यसको प्रादेशिक राजधानी कराची देशकै सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो साथै यसको मुख्य वित्तीय केन्द्र पनि हो। सिन्ध, पाकिस्तानको ठुलो औद्योगिक क्षेत्रको हो र यसमा देशको सबैभन्दा व्यस्त कासिम बन्दरगाह र कराचीको बन्दरगाह गरि दुई व्यावसायिक बन्दरगाहहरू रहेका छन्। सिन्धको अर्थतन्त्र कृषिमा आधारित छ जहाँ देशका अन्य भागका लागि फलफूल, उपभोग्य वस्तु तथा तरकारी उत्पादन हुने गर्दछ।
यो भारतीय उपमहाद्वीपमा इस्लामी शासनको अधिनमा रहेको पहिलो क्षेत्र मध्ये एक थियो जसका कारण यसलाई कहिलेकाहीँ बब-उल इस्लाम (अनुवाद:इस्लामको प्रवेशद्वार) भनिन्छ। प्रारम्भिक मुस्लिम विजयको अवधिमा आधुनिक प्रदेशका केही भागहरूमा रशीदून सेनाद्वारा आक्रमण गरिएको थियो तर ७१२ ईशापूर्वमा मोहम्मद इब्न कासिमको नेतृत्वमा उमय्यद खिलाफतको नेतृत्वमा सिन्धमा अरब आक्रमण नभएसम्म यो क्षेत्र मुस्लिम शासनको अधीनमा परेको थिएन। जातीय सिन्धी जातिहरू यस प्रदेशका सबैभन्दा ठुलो समूह हुन्। सिन्ध सन् १९४७ मा बेलायती भारतको विभाजनपछि यस क्षेत्रमा बसाइँ सरेका भारतीय मुस्लिमहरूको बहुजातीय समूह, मुहाजिरको आवासस्थल पनि हो। यो प्रदेश आफ्नो विशिष्ट संस्कृतिको लागि प्रसिद्ध छ। यहाँ सुफीवादबाट बलियो प्रभाव पारेको छ। यो हिन्दु र मुसलमान दुवैको लागि सिन्धी पहिचानको महत्वपूर्ण चिह्न हो। सिन्धी सूफीका केही महत्वपूर्ण मठमन्दिरहरू यस प्रदेशभरि रहेका छन् जसले वर्षेनी लाखौँ भक्तजनलाई आकर्षित गर्छन्।
सिन्ध सिन्धु घाटी सभ्यता अन्तर्गत कास्य युगको बेलामा यसको इतिहासका लागि प्रमुख छ। यो युनेस्कोले नियुक्त गरेका दुई विश्व सम्पदा क्षेत्रहरूको घर हो जसमा मकली पर्वत र मोहन जोदडो पर्दछन्।