![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8c/Nepal_Karnali_adm_location_map.svg/langne-640px-Nepal_Karnali_adm_location_map.svg.png&w=640&q=50)
सिंहासैन
From Wikipedia, the free encyclopedia
सिंहासैन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०९ रहेको थियो जसमध्ये ३३११ पुरुष र ३३९८ महिला रहेका थिए भने यहाँ ११९३ घरधुरी रहेको थियो।[1]
सिंहासैन | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८.७३°N ८१.७६°E / 28.73; 81.76 | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ६,७०९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
भौगोलिक बनावटका कारणले सिंहासैन गा.बि.स. अत्यन्त बिकट ठाउँ हो। विगतका केहि वर्ष अगाडि यहाँ कुनै पनि सुबिधा थिएन। तर वर्तमानमा आएर यो ठाउँमा विभिन्न विकास निर्माणका कार्यहरू तिब्रतर रुपमी चलिरहेका छन्। प्राकृतिक हिसाबले यो ठाउँलाई अझैपनि विकास निर्माणको जरुरी देखिन्छ। प्राय जसो यहाँको हावापानीलाई मध्यम दर्जामा नै गणना गरिन्छ। उक्त ठाउँलाई भौतिक सुबिदायुक्त बनाउन देश, विदेश का विभिन्न सङ्घ संस्थाहरूको अमुल्य योगदान रहेको छ। पहाड यबं प्राकृतिक स्वरूपले बिकट इलाका भएको कारणले सामान्यतया यहाँका मानिसहरूको जनजीवन साधारण खालको रहेको छ। भौतिक सरसुविधाको अभावले गर्दा यहाँका मानिसहरू प्राय बेरोजगार नै देखिन्छन् । तर पनि आपसी पर्तिस्ठान र मेलमिलापका गुणहरू यहाँका मानिसहरूमा रहेको पाइन्छ। भौगोलिक एबं प्राकृतिक स्वरूपले बिकट ठाउँ भएकोले यहाँ कुनै आर्थिक स्रोतहरू देखिदैनन। सामाजिक दृष्टिकोर्को हिसाबले सिंहासैन गा.बि.स.को बर्तमान स्तिथि अत्यन्त बलियो देखिन्छ।