![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e5/Charlotte_WrestleMania_Axxess_31_%2528cropped%2529.jpg/640px-Charlotte_WrestleMania_Axxess_31_%2528cropped%2529.jpg&w=640&q=50)
सार्लेट फ्लेयर
From Wikipedia, the free encyclopedia
एस्ली एलिजाबेथ फ्लेयर[5][6] (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्। [3][7]
सार्लेट फ्लेयर | |
---|---|
![]() सन् २०१५ मा फ्लेयर | |
वास्तविक नाम | एस्ली एलिजावेथ फ्लेहर[1] |
जन्म | (1986-04-05) ५ अप्रिल १९८६ (उमेर ३८) नर्थ क्यारोलाइना, अमेरिका |
जीवनसाथी(हरू) | रिकी जोनसन
( वि २०१०; सवि २०१३)ब्राम
( वि २०१३; सवि २०१५) |
शिक्षा | उत्तर क्यारोलिना विश्वविद्यालय |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | एस्ली फ्लेयर सार्लेट[2] सार्लेट फ्लेयर[3] |
उचाई | ५ फिट १० इन्च (१७८ सेमी)[3] |
उत्पत्ति | "उत्तर क्यारोलिना"[3] |
प्रशिक्षक | लोडी सारा डेल रे रिक फ्लेयर |
पदार्पण | २०१२[4] |
सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्।[8] सन् २०१४ मा सार्लेटले एनएक्सटी महिला च्याम्पियनसिप उपाधि हात पार्न सफल भएकी थिइन् र सोही वर्ष उनलाई प्रो रेस्लिङ इलुस्ट्रेटरले उत्कृष्ट नयाँ खेलाडीको सूचीमा राखेको थियो। सन् २०१५ मा फ्लेयर एनएक्सटीबाट पदोन्नति हुँदै डब्ल्युडब्ल्युईको मुख्य प्रदामा आएकी थिइन् र उनले सन् २०१६ मा डिभास च्याम्पियनसिप पनि जित्न सफल भएकी थिइन्।[9][10] सन् २०१६ मा फ्लेयर पहिलो डब्ल्युडब्ल्युई महिला विजेता पनि बन्न सफल भएकी थिइन्।[11] सन् २०१६ मा उनी र सासा बेङ्क्स पहिलोपटक महिला कुस्ती खेलाडीको रूपमा शीर्षकमा आएका थिए र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो। फ्लेयर र बेङ्क्सको खेल अक्टोबर र नोभेम्बर २०१६ मा आयोजना गरिएको थियो जुन सन् २००४ देखि डब्ल्युडब्ल्युईको इतिहासमा मुख्य खेलको रूपमा मान्यता प्राप्त गरेको थियो।[12] उनीहरूले महिला कुस्ती क्षेत्रमा डब्ल्युडब्ल्युईमै सबैभन्दा लामो खेलको कीर्तिमान कायम गरेका छन् जुन सन् २०१६ को रोडब्लक: इण्ड अफ द लाइन पे-पर-भ्युमा आयोजना गरिएको थियो भने उक्त खेल ३४ मिनेट सम्म चलेको थियो। [13][14] पिडब्ल्यूआई रिडरले सन् २०१६ मा उनलाई वर्षको उत्कृष्ट महिला खेलाडी र विश्वको उत्कृष्ट महिला कुस्ती खेलाडीको सम्मान दिएको थियो। उनको रोण्डा राउजी र बेकी लिञ्च विरुद्धको खेल रेसलमेनिया ३५ मा आयोजना गरिएको थियो जुन डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिलाको खेल मुख्य खेल बन्न सफल भएको थियो।
फ्लेयरले हालसम्म डब्ल्युडब्ल्युईमा १० वटा उपाधिहरू जितेकी छिन् जसमा उनी एकपटक डिभास विजेता, पहिलो र चार पटक र महिला विजेता, ४ पटक स्म्याकडाउन महिला विजेता र एकपटक एनएक्सटी महिला विजेता बनेकी छिन्। डब्ल्युडब्ल्युईको इतिहासमै महिला उपाधिहरू सबै जित्ने उनी एक मात्रै महिला खेलाडी हुन् र उनी सबैभन्दा लामो समयसम्म स्म्याकडाउन महिला विजेता पनि बन्न सफल भएकी थिइन्। फ्लेयरले सन् २०१८ अक्टोबरमा इभोलुसन पे-पर-भ्युमा आयोजित पहिलो लाष्ट विमेन स्ट्यान्डिङ खेल खेलेकी छिन्। डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा आउँदै रेसलमेनिया ३५ मा हुन लागेको रोन्डा राउजी र बेकी लिञ्चको खेलमा मिष्टर म्याकमेनले जनाए अनुसार फ्लेयरले लिञ्चको सट्टामा राउजीसँग रेसलमेनिया ३५ मा महिला च्याम्पियनसिपका लागि खेल खेल्ने घोषणा गरिएको थियो।[15]