साबित्रा भण्डारी
From Wikipedia, the free encyclopedia
साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो।[1] सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।[2]
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | सावित्रा भण्डारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म मिति | (1997-05-23) २३ मे १९९७ (उमेर २७) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म स्थान | लमजुङ जिल्ला, सिमपानी | ||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाइ | ५.५ इन्च | ||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||||||||||||||||||||||||||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्तमान टोली |
एपीएफ क्लब सेतु क्लब | ||||||||||||||||||||||||||||||||||||||||||||||||
सङ्ख्या | ९ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||||||||||||||||||||||||||
एपीएफ क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४- | सशस्त्र प्रहरी बल क्लब | _ | (_) | ||||||||||||||||||||||||||||||||||||||||||||||
२०१७ | माल्दिभ्स यरपोर्ट कम्पनी | ४ | (१३) | ||||||||||||||||||||||||||||||||||||||||||||||
२०१८ | माल्दिभ्स पुलिस क्लब | ५ | (१५) | ||||||||||||||||||||||||||||||||||||||||||||||
२०१९ | सेतु क्लब | ७ | (१५) | ||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४- | नेपाल | ४० | (३८) | ||||||||||||||||||||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०१९ मे १८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०७६ मंसिर २४ |
उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्।[3] सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्।[4] उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्।[5] साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्[6]
सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्। उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइन्।[7] उनलाई हाल नेपाली राष्ट्रिय महिला टोलीको मुख्य अग्रपङ्क्तिको खेेलाडीको रूपमा लिइने गरिन्छ भने वर्तमानमा नेपाली टोलीका लागि उनलाई सदावहार गोल यन्त्रमा रूपमा पनि लिने गरिन्छ।
सावित्रा भण्डारी सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि नेपाली अर्कि महिला खेलाडी अनिता बस्नेतसँग सेतु क्लबमा अनुबन्ध भएकी थिइन्।[8] सेतुसँग अनुबन्ध पछि क्लबको पहिलो खेलमा अनिता बस्नेत भन्दा अगाडि नै प्रदापण गरेका कारण सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला बनेकी थिइन्। यस अघि उनले देशबाहिर माल्दिभ्स यरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लब क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन। उनले सेथु क्लबको तर्फबाट २०१९ भारतीय महिला लिगको उपाधि जितेकी थिइन्।[9] उनले उक्त प्रतियोगितामा कुल ७ खेलमा जम्मा १५ गोल गर्न सफल भएकी थिइन्।[10]
सावित्रा भण्डारी २०७५ सालमा उत्कृष्ट प्रदर्शनी गरेको कारण नेपाली खेलकुद जगतको सर्वाधिक उच्च पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड २०७५ उत्कृष्ट महिला वर्ष खेलाडीबाट सम्मानित भएकी थिइन्। यस्तै उनले पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत पिपुल च्वाइस अवार्डमा दोस्रो भएकी थिइन्।[11] उनले २०७६ सालको संविधान दिवसको अवसरमा राष्ट्रपति मार्फत जन सेवा श्री पञ्चम श्रेणी पदक प्राप्त गरेकी थिइन्। अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल सरकारले २०५६ सालमा साबित्रा भण्डारीलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो।