सन् २०२० चीन–भारत झडप
From Wikipedia, the free encyclopedia
सन् २०२० चीन – भारत झडप, (चिनियाँ: 2020年中印边境冲突), चीन र भारत बीच चलिरहेको सैन्य अवरोधहरू मध्ये एक हो। ५ मे २०२० देखि चिनियाँ र भारतीय सेना कथित रूपमा चीन-भारतीय सीमाको छेउछाउका स्थानमा आक्रामक, द्वन्द्व र झडपमा संलग्न रहेको बताइएको छ। १६ जुन २०२० मा चीन र भारतीय सेनाहरू बीच हात पाईहुँदा एक अधिकारी सहित २० भारतीय सैनिकको मृत्यु भएको थियो [7]र हालसम्म भारतीय सञ्चार माध्यमका स्रोतहरूले एक अधिकारी सहित मृत्यु भएका र घाइते गरी कम्तिमा ४३ चिनियाँ सैनिकको हताहत भएको बताएका छन्। घटना लद्दाखको पाङगोङ छो नदी र सिक्किमको नाथु ला भञ्ज्याङमा भएको थियो।[8] यसका साथै पूर्वी लद्दाखमा वास्तविक नियन्त्रणको रेखाको ठाउँमा झडप भएको थियो जुन हालसम्म सन् १९६२ को चीन भारतीय युद्धबाट जारी छ,[9] ती मध्ये हाल गलवान नदी उपत्यकामा, चिनियाँ सेनाले भारतीय क्षेत्र भित्र सडक निर्माण गर्दा आपत्ति जनाएको थियो। [10]
यो लेख हालैको प्रसङ्गसैन्य घटनासँग सम्बन्धित छ। अद्यावधिक विवरण आउँदै गर्दा जानकारीहरू तीव्ररूपमा परिवर्तन हुन सक्दछन्। |
चीन–भारत झडप | |||||||
---|---|---|---|---|---|---|---|
चीन-भारत सीमा विवादको भाग | |||||||
काश्मिरको CIA नक्शा | |||||||
| |||||||
योद्धा | |||||||
भारत | चीन | ||||||
सेनापतिहरू | |||||||
राम नाथ कोविन्द (भारतको प्रधानमन्त्री) राजनाथ सिंह (भारतको रक्षामन्त्री) विपिन रावत (प्रमुख सुरक्षा कर्मचारी) मनोज मुकुन्द नरवणे (प्रमुख सेना कर्मचारी) योगेश कुमार जोशी (प्रधान सेनानी, उत्तरी आज्ञा) |
सि चिनफिङ (चिनियाँ साम्यवादी दलका महासचिव, राष्ट्रपति र सैन्य आयोगका अध्यक्ष[1] सु छिलाङ (सैन्य आयोगका उपाध्यक्ष) झाङ योछ्या (सैन्य आयोगका उपाध्यक्ष) हान वेगुओ (सेनापति, भूमि जन मुक्ति सेना बल) झाङ शुलिन (सेनापति, भूमि जन मुक्ति सेना बल, पश्चिम युद्धमञ्च आज्ञा)[2] | ||||||
Units involved | |||||||
|
People's Liberation Army
| ||||||
मृत्यु र क्षति | |||||||
भारतीय स्रोत: |
भारतीय स्रोत: ३५ को मृत्यु (१५ जुन)[6] |
अवरोधहरूका बीचमा, भारतले पूर्वाधार विकास पूरा गर्ने उद्देशका साथ करीव १२,००० थप कामदारहरूलाई यस क्षेत्रमा सार्ने निर्णय गरेको थियो।[11] १,६०० भन्दा बढी कामदारहरू भएको पहिलो रेल १४ जुन २०२० मा झारखण्डबाट उधमपुरको लागि प्रस्थान गरेको थियो, जहाँबाट यसले भारत-चीन सीमामा भारतीय सीमा सडक सङ्गठनलाई सहयोग पुर्याएको थियो।[12] विज्ञहरूको भनाइ अनुसार लद्दाखमा अवस्थित दुरबुक – दौलत बेग ओल्दी मार्गमा पूर्वाधार परियोजनाको निर्माणको जवाफमा चीनको पक्षमा पूर्व-साम्राज्यवादी उपायका कारण यो गतिरोध भएको हुन सक्छ।[13] यी विवादित सीमाना क्षेत्रमा विस्तृत चिनियाँ पूर्वाधार विकास पनि भइरहेको छ। [14] भारत सरकारले अगस्ट २०१९ मा जम्मू कश्मीरको स्थिति विभाजनले चिनियाँलाई समस्यामा पारेको थियो।[15] यद्यपि भारत र चीन दुवैले शान्त कूटनीतिक प्रक्रियाबाट यस भयावह अवस्था समाधान गर्न पर्याप्त द्विपक्षीय संयन्त्रहरू भएको बताएका छन्।[16] १५ जुनमा गलवान उपत्यकाको झडपपश्चात धेरै भारतीय सरकारी अधिकारीहरूले सीमा तनाव र चिनियाँ उत्पादनहरूको बहिष्कारले भारत र चीनको व्यापारमा असर नपर्ने बताएका छन्।[17][18][19]