संयुक्त राष्ट्रसङ्घको वडापत्र
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र संघको बडापत्र संयुक्त राष्ट्र संघको अधारशिला तयार गर्ने एक सन्धि हो। संयुक्त राष्ट्र संघ अन्तरसरकारी संस्था हो। [1] यसले सचिवालय, महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, अन्तर्राष्ट्रिय न्याय अदालत र विश्वस्त परिषद जस्ता संयुक्त राष्ट्रसंघको प्रमुख अंगहरू र संयुक्त राष्ट्रसघीय प्रणालीको उद्देश्य, शासकीय संरचना र समग्र रूपरेखा स्थापना गर्दछ।
Drafted | १४ अगस्ट १९४१ |
---|---|
हस्ताक्षर | २६ जुन १९४५ |
स्थान | सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य |
कार्यान्वयन | २४ अक्टोबर १९४५ |
अवस्था | चीन, फ्रान्स, सोभियत संघ, the संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र अन्य हस्ताक्षरकर्ता अधिकांश राज्यहरूद्वारा अनुमोदन |
पक्षहरु | १९३ |
जम्माकर्ता | संयुक्त राज्य अमेरिका |
भाषाहरू | अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी, र स्पेनी |
Charter of the United Nations at Wikisource |
संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू- चीन,[Note 1] फ्रान्स,[Note 2] सोभियत संघ ,[Note 3] संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका—र अन्य बहुमत हस्ताक्षरकर्ताहरूले २४ अक्टोबर १९४५ मा अनुमोदन गरेपछि वडापत्र कार्यान्वयनमा आएको थियो; र यस मितिलाई संयुक्त राष्ट्रसंघको सुरुवात भएको आधिकारिक मिति मानिन्छ र आउँदो जनवरीमा लन्डनमा ५१ प्रारम्भिक राष्ट्रहरूको प्रतिनिधि हरूको महासभाको पहिलो सत्रको बैठक बसेको थियो। महासभाले १९४७ मा औपचारिक रुपमा २४ अगस्टलाई संयुक्त राष्ट्र दिवसको रुपमा मान्यता दियो र यसलाई आधिकारिक अन्तराष्ट्रिय बिदा दिन सुरु गर्यो। १९३ पक्षहरू सहित, अधिकांश देशहरूले यस वडापत्रलाई अनुमोदन गरेका छन्।