![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/95/UN-Sicherheitsrat_-_UN_Security_Council_-_New_York_City_-_2014_01_06.jpg/640px-UN-Sicherheitsrat_-_UN_Security_Council_-_New_York_City_-_2014_01_06.jpg&w=640&q=50)
संयुक्त राष्ट्र सुरक्षा परिषद्
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको छः प्रमुख अंगहरूमध्येको एउटा अङ्ग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव भनिन्छ ।
छरितो तथ्यहरू स्थापना, प्रकार ...
![]() संयुक्त राष्ट्र सुरक्षा परिषद कक्ष | |
स्थापना | १९४६ |
---|---|
प्रकार | मुख्य अंग |
कानुनी वैद्यता | सक्रिय |
वेबसाइट | http://un.org/en/sc/ |
बन्द गर्नुहोस्
सुरक्षा परिषदमा १५ सदस्यहरू रहनछन् : पाँच स्थायी र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् चीन, फ्रान्स, रूस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य । यी पाँच देशहरूलाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि महासभाद्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।