श्रीमान् गम्भीर
शाहकालीन नेपलमा प्रचलनमा रहेको राष्ट्रिय गान / From Wikipedia, the free encyclopedia
श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमा वि.सं २०१८ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो।[1]
छरितो तथ्यहरू लेखक, सङ्गीत ...
श्रीमान गम्भीर नेपाली | |
![]() | |
लेखक | चक्रपाणि चालिसे, वि.सं १९८० |
---|---|
सङ्गीत | बखतबहादुर बुढापिर्थी, वि.सं १९५५ |
लागू | वि.सं २०१८ |
निलम्बन | वि.संं २०६२ |
सङ्गीत नमूना | |
| |
बन्द गर्नुहोस्
श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमा तत्कालिन 'शाही नेपाली सेना' ले पहिले देखि नै प्रयोग गरेको धुन थियो। यसको सङ्गीतको रचना वि.सं १९५५ मा सेनाको साङ्गीतिक समूहका बखतबहादुर बुढापिर्थीले गरेका थिए। वि.सं २०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि यो राष्ट्रगान निलम्बित गरिएको थियो।
हालको राष्ट्रगान सयौं थुँगा फूलका हामी एउटै माला नेपाली तयार भएपछि यसलाई राष्ट्रिय गानबाट हटाई नयाँ राष्ट्रिय गान लागू गरिएको हो।[2]