शेषनारायण मन्दिर
नेपालको हिन्दू मन्दिर / From Wikipedia, the free encyclopedia
शेषनारायण मन्दिर बाग्मती अञ्चल अन्तर्गत हालको दक्षिणकाली नगरपालिका पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो र हरेक हरिबोधनी एकादशीको दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। राजधानीबाट करिब १५ कि मि को दुरिमा रहेको यस ठाउँमा अन्य दिनहरूमा पनि चहलपहल हुने गर्दछ । मनोरम दृष्य, शितल अनि शान्त वातावरणको अनुभुती हुने यस पवित्र मन्दिरलाई बौद्ध धर्माबलम्बीहरूले पनि विशेष महत्त्वका साथ दर्शन गर्ने गर्दछन।
छरितो तथ्यहरू शेषनारायण मन्दिर, प्राथमिक विवरण ...
शेषनारायण मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | दक्षिणकाली नगरपालिका |
सम्बन्धन | हिन्दू |
देवता | विष्णु |
चाडपर्व | हरिबोधनी एकादशी |
जिल्ला | काठमाडौं जिल्ला |
प्रदेश | बाग्मती प्रदेश |
देश | नेपाल |
बन्द गर्नुहोस्