सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनको लागि अर्को स्थानसम्म रुपया पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ । विप्रेषण अथवा रेमिट्यान्स (अङ्ग्रेजी: Remittance) वाह्य देश मा कार्यरत नागरिक द्वारा आफ्नो देश मा प्रवाह हुने पुँजी, नगद वा वित्त हो। जब आप्रवासीहरूले आफ्नो कमाईको हिस्सा घरमा नगद वा सामानको रूपमा परिवारलाई पठाउँछन् त्यसलाई रेमिट्यान्स भनेर चिनिन्छ। विगत केही वर्षमा विप्रेषण द्रुत गतिमा बढ्दै गएको छ र अहिले धेरै विकासोन्मुख देशहरूको लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत प्रतिनिधित्व गर्दछ। कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह कुल घरेलु उत्पादनको ६ प्रतिशत छ।[1] सन् २०१८ मा आप्रवासी कामदारहरूबाट गरिब र विकासशील देशहरूमा पैसा हस्तान्तरण करिब ५२९ अर्ब डलर भएको थियो जुन २०१७ भन्दा ९.६ प्रतिशतले वृद्धि भएको हो।[2]

रेमिट्यान्स सीधा व्यक्तिहरूको हातमा प्रवाह हुन्छन् जसलाई सबैभन्दा बढी आवश्यक हुन्छ । प्राय: घर, शिक्षा र स्वास्थ्यमा खर्च साथै साना व्यवसायहरूमा खर्च गरिन्छ। स्वस्थ र उत्तम शिक्षित व्यक्तिहरूले समग्रमा समाज र अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछन्। विप्रेषणको नकारात्मक पक्ष पनि छ। यसले देशहरूलाई वैश्विक र क्षेत्रीय आर्थिक संकटको लागि बढी जोखिमपूर्ण बनाउँदछ र आत्मनिर्भरता घटाउँदा छ। जब औपचारिक वित्तीय प्रणालीको माध्यमबाट पैसा प्रवाह तबा ठूलो रकम देशमा अनियमित र असुरक्षित रूपमा भित्रिन्छ।[3]

शीर्ष प्राप्तकर्ता देशहरू

थप जानकारी Country, २०१२ ...
रेमिट्यान्सको शीर्ष प्राप्तकर्ता देशहरू (अमेरिकी बिलियन डलर मा)[4][5]
Country २०१२२०१३२०१४२०१५२०१६२०१७
 भारत ६८.८२६९.९६७०.९७७२.२० ६२.७ ६९
 चीन ५७.९९५९.४९६१.४९६३.९० ६१.० ६४
 फिलिपिन्स २४.६१२६.७२७.९०२९.८० २९.९ ३३
 मेक्सिको २३.३७२३.०२२४.५०२५.७० २८.५ ३१
 नाइजेरिया २०.६३२०.८९२०.८८२०.८९ १९.० २२
 पाकिस्तान १४.०११४.६३१७.८०२०.१० १९.८ २०
 इजिप्ट १९.२४17.8319.83२०.४० १६.६ २०
 भियतनाम १०.००११.००११.८०१२.३० १३.४ १४
 बङ्गलादेश १४.२४१३.८६१५.१०१५.८० १३.७ १३
 नेपाल ५.८८ ६.०१ ५.२९ ५.८ ६.४० ६.६८
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य सूत्र

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.