विकिहाउ
From Wikipedia, the free encyclopedia
विकिहाउ विकिमा आधारित वेबसाइट हो जसले मानिसहरूलाई कसरी काम गर्ने भन्ने बारेमा सिकाउँदछ। यसको स्थापना सन् २००५ मा, इन्टरनेट उद्यमी ज्याक हेनरिकले गरेका थिए। वेबसाइटले संसारका सबै मानिसहरूलाई कसरी गर्ने भन्ने निर्देशनहरू सृजना गर्ने लक्ष्य राखेको छ र यसले विश्वका सबै मानिसहरूलाई कसरी कार्य गर्ने बन्ने बारेमा सिक्न र सिकाउनका लागि पनि अभिप्रेरित गर्दछ। [3]
व्यवसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | विकी |
उपलब्ध भाषा | १८[1] भाषाहरू |
भाषाहरूको सूची अङ्ग्रेजी, स्पेनी, नेदरलन्दी, पुर्तुगाली, फ्रान्सेली, जर्मनेली, इतालियाली, चिनियाँ, रूसी, चेक, जापानी, इन्डोनेसियाली, अरबी, थाई, कोरियाली, भियतनामी, हिन्दी, तुर्की | |
मुख्यालयहरू | पालो आल्टो, क्यालिफोर्निया , संयुक्त राज्य अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
सर्जक | ज्याक हेनरिक र जोश हन्नाह |
मुख्य व्यक्तिहरू | एलिजावेथ डगलस (कार्यकारी) ज्याक हेनरिक (संस्थापक) |
युआरएल | मुख्य पृष्ठ |
अलेक्सा क्रम | १३९ (जनवरी २०२०)[2] |
व्यवसायिक | हो |
दर्ता | बैकल्पिक, केही कार्यको लागि दर्ता आवश्यक |
चालु भएको मिति | जनवरी १५, २००५; १९ वर्ष पहिले (२००५-०१-15) |
वर्तमान स्थिति | चालू |
विकिहाउ एक निजी सङ्गठन हो। [4][5] यस वेबसाइटलाई सामाजिक लक्ष्यका लागि निर्माण गरिएको थियो। विकिहाउ एक खुला स्रोत तथा खुला सामग्री परियोजना हो।[6] यसको परिमार्जित मिडियाविकि सफ्टवेयर स्वतन्त्र रूपमा जारी गरिएको थियो भने यसका सम्पूर्ण सामग्रीहरू क्रिएटिभ कमन्स इजाजतपत्र अन्तर्गत जारी गरिएको छ।[7]
फेब्रुअरी २००५ मा, विकिहाउमा ३ करोड ५५ लाख प्रयोगकर्ताहरू रहेका थिए।[8][9] जनवरी २०२० सम्म, विकिहाउमा २,१२,००० भन्दा बढी कसरी गर्ने भन्ने बारे नि: शुल्क लेखहरू रहेका छन् र २१ लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका छन्।[10] ११ अप्रिल २०१० मा, "कसरी तौल छिटो घटाउने" भन्ने शीर्षकको विकिहाउ लेखले ५० लाख अवलोकनहरू प्राप्त गरेको थियो र यो सफलता हासिल गर्ने यो पहिलो पृष्ठ रहेको थियो।[11] "माइक्रोसफ्ट विन्डोजमा पर्दाचित्रण कसरी लिने" भन्ने लेख यस वेबसाइटको सबैभन्दा लोकप्रिय लेखहरू मध्ये एक हो।[12] विकिहाउका अनुसार, विकिहाउको लेखबाट निर्देशन लिएर आपतकालीन अवस्थामा चार बच्चा जन्मेका थिए।[13]