From Wikipedia, the free encyclopedia
|
विशेष सामग्रीहरू प्रमुख लेख औजारहरू |
बङ्गाल पाकिस्तानको विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक संयुक्त प्रान्त थियो। पश्चिम बङ्गाल, बङ्गलादेश र केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदिका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्दथ्यो। पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) पूर्व पाकिस्तान बनेको थियो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर बङ्गलादेश नामबाट एउटा देश बनेपछि ढाकालाई देशको राजधानी बनाइएको थियो। पूर्व बङ्गाल बङ्गलादेशमा परिणत भएपनि पश्चिम बङ्गाल अहिले पनि भारतको एक प्रान्तको रूपमा छ जसको प्रान्तीय राजधानी कलकत्ता हो।
राजनैतिक रूपमा बङ्गाललाई पूर्वमा बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गालमा विभाजन गरिएको छ। बङ्गाल सल्तनत र औपनिवेशिक कालखण्डमा यस क्षेत्रलाई आधुनिक बिहार, झारखण्ड, उडिसा, असम, त्रिपुरा, मिजोरम, मेघालय, नागाल्यान्ड र भारतको मणिपुर राज्यहरू र बर्माका केही भागहरू समावेश थिए।(पूरा पढ्नुहोस्...)
खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली वा केपी शर्मा ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।(पूरा पढ्नुहोस्...)
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.