From Wikipedia, the free encyclopedia
|
विशेष सामग्रीहरू प्रमुख लेख औजारहरू |
आम निर्वाचन २०१५, नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म ४५ दिन लगाएर गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो। वि.सं. २०१५ फागुन १ गते लागू गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।
प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटको लागि जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कूल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए। देशभर विभिन्न चरणमा सम्पन्न गरिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियो।
यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो। १०९ मध्ये ७४ सिट जितेर नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली काङ्ग्रेसले उक्त निर्वाचनमा जम्मा मतदानको ३८% मत प्राप्त गरेको थियो। चुनाव जितेपछि काङ्ग्रेसका सभापति तथा संसदीय दलको नेता विश्वेश्वरप्रसाद कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित र २२औँ प्रधानमन्त्री बन्न सफल भएका थिए।(पूरा पढ्नुहोस्...)
स्विडेन महिला राष्ट्रिय फुटबल टोली (स्वीडेनी: svenska damfotbollslandslag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यसलाई स्विडेनी फुटबल सङ्घले (स्वीडेनी: Svenska Fotbollförbundet) नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको प्रतियोगिताको उपाधि जितेको थियो भने यसले सन् २००३ को फिफा महिला विश्वकपको उप विजेता बनेको थियो। टोलीले सन् १९८७, सन् १९९५ र सन् २००१ को युरोपेली महिलाको उपाधि जित्न सफल भएको थियो। टोली हालसम्म ६ वटा ओलम्पिक खेल, ८ वटा फिफा महिला विश्वकपका साथसाथै १० वटा युरोपेली प्रतियोगितामा सहभागिता जनाइसकेको छ। स्विडेनी राष्ट्रिय महिला टोली सन् १९९१, सन् २०११ र सन् २०१९ फिफा महिला विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो।
फिफाले सन् २००३ मा फिफा महिला विश्व वरीयताको परिचय गराएपछि, टोलील सन् २००३ मै तेस्रो देखि छैटौँ स्थान सम्म कायम रहन सफल भएको थियो। सन् २०१५ मा, टोलीमा केही परिवर्तन आएसँगै यो फिफा महिला विश्व वरीयताको सातौँ स्थानमा पुगेको थियो।(पूरा पढ्नुहोस्...)
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.