लाला हरदयाल
From Wikipedia, the free encyclopedia
लाला हरदयाल (१४ अक्टूबर १८८४, दिल्ली -४ मार्च १९३९) भारतीय स्वतन्त्रता सङ्ग्रामका ती अग्रणी क्रान्तिकारीहरू मध्ये एक हुन् जो विदेशमा बसोबास गर्ने भारतीयहरूको देशको स्वतन्त्रताको लडाईमा योगदानका लागि प्रेरित र प्रोत्साहित गरेका थिए । यसको लागि वहाँ अमेरिकामा गएर गदर पार्टीको स्थापना गरे। त्यहाँ उनले प्रवासी भारतीयहरूका बीच देशभक्तिको भावना जागृत गरे। काकोरी काण्डको ऐतिहासिक फैसला आएपछि सन् १९२७ को मे महिनामा लाला हरदयाल भारत आउने प्रयास गरे तर ब्रिटिश सरकारले वहाँलाई अनुमति दिएनन्। त्यसपछि सन् १९३८ मा पुन: प्रयास गरेपछि अनुमति पनि पाएँ तर भारत फिर्ता हुने बाटोमा नै ४ मार्च १९३९ मा अमेरिकाको महानगर फिलाडेल्फियामा वहाँको रहस्यमय मृत्यु भयो।[1] वहाँको सरल जीवन र बौद्धिक कौशलले प्रथम विश्व युद्धको समयमा ब्रिटिश साम्राज्यवादको विरुद्ध लड्नका लागि क्यानाडा र अमेरिकामा बसोबास गर्ने अनेकौँ प्रवासी भारतीयहरूलाई उनले प्रेरित गरे।
लाला हरदयाल | |
---|---|
व्यक्तिगत | |
जन्म | हर दयाल माथुर १४ अक्टोबर १८८४ मोहल्ला चीराखाना (चाँदनी चौक) दिल्ली ब्रिटिस भारत |
मृत्यु | ४ मार्च १९३९ फिलाडेल्फिया (पेन्सिल्वानिया) अमेरिका |
दर्शन | वसुधैव कुटुम्बकम |
पदस्थापना | |
गुरु | लाला लाजपत राय |
सम्मान | एम॰ए॰ (Master of Letters) |