रोन्डा राउजी
अमेरिकी कुस्ती खेलाडी / From Wikipedia, the free encyclopedia
रोन्डा जिन राउजी (/ˈraʊzi/; जन्म फेब्रुअरी १, १९८७) एक अमेरिकी मिश्रित मार्सल कलाकार, जुडो खेलाडी र अभिनेत्री हुन् । उनी पूर्व यूएफसी महिला बांटमवेट च्याम्पियन र अन्तिम स्ट्राईकफोर्स महिला ब्यान्टमवेट च्याम्पियन हुन । [6] उनले अहिलेसम्म मिश्रित मार्सल आर्ट अन्तर्गत १२ ओटा जीत पाउन सफल भएकी छिन, जसमध्ये ११ ओटा जित पहिलो राउन्डै भएको र ९ ओटा जित आर्मबारद्वारा हासिल गर्न सफल भएकि छिन । उनी सन् २००८ को ओल्मपिक खेलमा सहभागी भई जुडो तर्फ ब्रोंज मेडल हासिल गरेि जूडो तर्फ ओल्मपिक मेडल ल्याउने प्रथम संयुक्त राज्य बासि महिला बन्न पूगिन । रोन्डा राउजीलाई हायस्तान एमएमए एकेडेमी अन्तरगत गोकोर शिविच्यानले र ग्लान्डेल फाईटिंग क्लबबाट एडमंड टार्भरट्यानले प्रशिक्षण गराउछन । [7] उनी सन् २०१५ मा सर्वाधिक गुगलमा खोज गरिने व्यक्तिको अनुसुचिमा तेस्रो स्थान हासिल गरेकी छिन । [8] सन् २०१५ को डिसेम्बर महिना देखि अल्टिमेट फाईटिंग च्याम्पियनशिपले महिला ब्यान्टमवेट फाईटरलाई दर्जा स्थान दिने क्रममा उनलाई विश्वकै शर्वश्रेष्ठ नम्बर १ महिला फाईटरको अनुसुचिमा राखेको छ । [9] र त्यसैगरी शेरडग र फाईट म्याट्रिक्स ले उनलाई दोस्रो स्थानमा राखेको छ । [10][11] सन् २०१५ को मे महिनामा दुईटा अमेरिकी पत्रिका "स्पोर्ट्स ईलुस्ट्रेडेड्" र "बिजनेस ईन्साईडर" ले राउजीलाई सबैभन्दा मूख्य एवम् प्रवल खेलाडीको दर्जा प्रस्तुत गरेर सम्मान गरेको थियो । [12][13][14] खेलकुद प्रसारण च्यानल ईयसपिएन ले मतदान द्वारा उनलाई अहिलेसम्मकै महान महिला खेलाडीको स्थान प्रस्तुत गरी सम्मान गरेको छ । [15] २०१५ को सेप्टेम्बर महिनामा एक अन्तरवार्ताका क्रममा राउजीले आफूलाई युएफसीले सबै खेलाडी , महिला एवम् पुरुष, भन्दा बढी रकम आफूलाई तिरेको दाबी गरेकि छिन । [16][17] राउजीले पहिलो पल्ट चलचित्र क्षेत्रमा सन् २०१४ मा प्रदर्शन गरिएको दि एक्सपेनडेबल्स ३मा भुमिका निर्वाह गरेकी थिईन ।[18] त्यसैगरी सन् २०१५ को हलिवुड चलचित्र फ्यूरियस सेभेन साथै ईन्टाउरेज मा पनि उनले आफ्नो भुमिका निर्वाह गरेकी छिन । [19]
रोन्डा राउजी | |
---|---|
जन्म | रोन्डा जिन राउजी (1987-02-01) फेब्रुअरी १, १९८७ (उमेर ३७) रिभरसाईड, क्यालिफोर्निया, संयुक्त राज्य |
अन्य नामहरू | राउडी (अङ्ग्रेजीमा: Rowdy) दि आर्म कलेक्टर (अङ्ग्रेजीमा: The Arm Collector)[1][2] |
गृह निवास | वेनिस, क्यालिफोर्निया, संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
उचाई | ५ फिट ७ इन्च (१७० सेमी)[3] |
तौल | १३५ पाउन्ड (६१ किग्रा; ९.६ स्टोन)[3] |
विभाग | फिदरवेट (२०११) बान्टमवेट |
पहुँच | ६८.० इन्च (१७३ सेमी)[4] |
शैली | जुडो, मुक्केबाजी |
फाइटिङ | सान्ता, मोनिका, क्यालीफोर्निया, संयुक्त राज्य |
टिम | ग्लेन्डेल फाइटिङ कल्ब गोकर हायस्टन एकेडमी एसके गोल्डन ब्वाईज टेन्थ प्लानेट जि-जुत्सु |
प्रशिक्षक | ग्रापलिङ (अल्झिएर भिड्ने कला): जिन लिवेल, रेनर ग्रेसी, गोकोर सिभिसायान, एन्नमरिया डि मार्स मुक्केबाजी: एडमण्ड टार्वरडायन |
क्रम | चौथौ दर्जा कालो बेल्ट जुडोमा[5] |
सक्रिय वर्ष | २०११ - अहिलेसम्म |
मिश्रित मार्सल आर्ट्स रेकर्ड | |
जम्मा | 13 |
जितहरू | 12 |
नक आउट द्वारा | 3 |
आज्ञाकारिता द्वारा | 9 |
हारहरू | 1 |
नक आउट द्वारा | 1 |
एमेच्योर खेल क्यारियर | |
जम्मा | 3 |
जितहरू | 3 |
हारहरू | 0 |
अन्य जानकारी | |
उल्लेखनीय नातेदारहरू | एन्नमरिया डि मार्स, 'आमा' मरीया बर्न्स-अर्तिज , जेठी बहिनी जेनिफर राओजी, जेठी बहिनी जुलिया डिमार्स, कान्छी बहिनी' |
वेबसाइट | rondarousey |
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट | |
पदक कीर्तिमान |