From Wikipedia, the free encyclopedia
रेन्डल केथ ओर्टन (जन्म: १ अप्रिल १९८०) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी र अभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी रेन्डी ओर्टनको नामले कुस्ती खेल्नेे गर्दछन्।[2]
रेन्डी ओर्टन | |
---|---|
वास्तविक नाम | रेन्डल केथ ओर्टन |
जन्म | नक्सभिल, अमेरिका | अप्रिल १, १९८०
निवासस्थान | सेन्ट चार्लस, अमेरिका |
जीवनसाथी(हरू) | समन्था स्पिनो
( वि २००७; सवि २०१३)किम्बर्लि केस्लर
( वि २०१५) |
बच्चा | २ |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | रेन्डी ओर्टन |
उचाई | ६ फिट ५ इन्च (१.९६ मी) |
तौल | २५० पाउन्ड (११० किग्रा) |
उत्पत्ति | सेन्ट लुइस |
प्रशिक्षक | बब ओर्टन जुनियर डेभ फिन्ली मध्य मिसैरी रेस्लिङ ओहायो भ्याली रेस्लिङ दक्षिण बोर्डवे एथलेटिक केन्द्र [1] |
पदार्पण | सन् २००० मार्च १८ |
ओर्टनले सन् २००० मा सेन्ट लुइस मिसौरीमा स्थित मिसौरी रेस्लिङ एसोसिएसन नामक एक कुस्ती सङ्घ मार्फत व्यावसायिक कुस्ती कार्यजीवनको सुरुवात गरेका थिए। उनका हजुरबुबा बब ओर्टन, बुबा बब ओर्टन जुनियर र उनको काका बेरी ओर्टन सबै व्यावसायिक कुस्ती खेलाडी थिए जसकारण ओर्टन तेस्रो पुस्ताका कुस्ती खेलाडी बनेका थिए।[3][4] ओर्टनले सन् २००१ मा डब्ल्युडब्ल्युई (त्यसबेला डब्ल्युडब्ल्युएफ) नामक एक अमेरिकी कुस्ती सङ्घमा पर्दापण गर्नु अघि केही सहायक कुस्ती सङ्घहरूमा कुस्ती खेलिसकेका थिए। ओर्टनले सन् २००१ मा डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने त्यसपछि उनले ओहायो भ्याली रेस्लिङ नामक डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्रमा पर्दापण गरेका थिए जहाँ उनले दुईपटक ओभिडब्ल्यू हार्डकोर उपाधि जित्न सफल भएका थिए।[5][6] ओर्टनको सन् २००२ मा डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरे लगत्तै उनी इभोलुसन नामक एक कुस्ती समूहमा आवद्ध भएका थिए भने उक्त समूहमा रिक फ्लेयर, बाटिस्टा, ट्रिपल एच लगायताका कुस्ती खेलाडीहरू रहेका थिए। उक्त समूहको एक सदस्यको रूपमा आफूलाई स्थापित गराउन सफल भएका ओर्टनले शीघ्रै डब्ल्यूडब्ल्यूई अन्तरमहादेशिय उपाधि जित्न सफल भएका जुन उनको डब्ल्यूडब्ल्यूईमा पहिलो सफलता बनेको थियो।[7]
ओर्टनले डब्ल्यूडब्ल्यूईमा प्रवेश गर्ने वित्तिकै आफ्नो छुट्टै पहिचान बनाएका थिए भने उनले विभिन्न समयमा भूतपूर्व कुस्ती खेलाडीहरूलाई बारम्बार आक्रमण गर्ने गरेका कारण उनलाई द लेजेन्ड किलरक उपनाम दिइएको थियो।[8] अन्तरमहादेशिय उपाधि गुमाएपछि उनले डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता बन्नका लागि आयोजना गरिएको २० पुरुष ब्याटल रोयल जित्दै उक्त उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएका थिए भने उनले सन् २००४ मा मात्र २४ वर्षको उमेरमा तत्कालीन विजेता क्रिस बेनुयटलाई समरस्ल्याम नामक एक वार्षिक कार्यक्रममा पराजित गर्दै सबै कान्छा डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता बन्न सफल भएका थिए भने उनले उक्त उपाधि जितेपछि डब्ल्यूडब्ल्यूईमा नयाँ कीर्तिमान बनाएका थिए।[2] डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता बनेपछि उनले इभोलुसन छाडेका थिए भने सोही समूहका कुस्ती खेलाडीको र उनी बीच द्वन्द्वको सुरुवात भएको थियो। [9][10]
सन् २००६ मा ओर्टनले सहकर्मी कुस्ती खेलाडी एजसँगको सहकार्यमा रेटेड-आरकेओ नामक एक कुस्ती टोलीको स्थापना गरेका थिए भने उनीहरूको टोलीले १ पटक डब्ल्यूडब्ल्यूई विश्व ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[11] सन् २००७ को मध्यतिर रेटेड-आरकेओ समूहको विघटन पश्चात् ओर्टनले एकै रातमा दुई उपाधस जित्न सफल भएका थिए भने उक्त उपाधि हात पार्दा उनी मात्र २७ वर्षका थिए।[12] सन् २००८ मा ओर्टनले टेड डिबियासी जुनियर र कोडी रोड्ससँगको सहकार्यमा द लेगेसी नामक एक कुस्ती टोलीको स्थापना गरेका थिए। उक्त टोलीले विभिन्न प्रतियोगिताहरूमा टोलीको रूपमा काम गरेको २ वर्ष पश्चात् सन् २०१० मन उक्त टोलीको पनि विघटन भएको थियो भने ओर्टन पुनः एकल प्रतिस्पर्धामा फर्किएका थिए।[13] सन् २०१३ देखि सन् २०१५ मा उनले द अथुरिटी नामक एक कुस्ती टोलीसँग आवद्ध भएका थिए जहाँ उक्त टोलीको सदस्यको रूपमा ट्रिपल एच, स्टेफ्नी म्याकमेन, केन, बाटिस्टा आदि कुस्ती खेलाडीहरू रहेका थिए। द अथुरिटीले त्यससमय डब्ल्यूडब्ल्यूईको प्रबन्धनको काम गरिरहेको थियो भने उक्त टोलीको द सिल्ड नामक डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा प्रवेश गरेको टोलीसँग निकै लामो समयसम्म द्वन्द्व चलेको थियो। सन् २०१६ मा ओर्टनले द वायट फेमिली नामक एक कुस्ती टोलीमा सामेल भएका थिए जहाँ उनले उक्त टोलीका संस्थापक ब्रे वायट र लुक हार्परसँगै डब्ल्यूडब्ल्यूई स्म्याकडाउन ट्याग टिम उपाधि जित्न सफल भएका थिए। सन् २०१७ को सुरुतिरै उनले वायट फेमिली छाडेका थिए भने त्यपछिका दिनहरूमा वायट र ओर्टन बीच द्वन्द्वको सुरुवात भएको थियो। सन् २०१७ को रेसलमेनिया नामक एक वार्षिक कार्यक्रममा ओर्टनले तत्कालीन डब्ल्यूडब्ल्यूई विजेता वायटलाई पराजित गर्दै डब्ल्यूडब्ल्यूई उपाधि हात पार्न सफल भएका थिए। सन् २०१८ मा ओर्टनले पहिलोपटक डब्ल्यूडब्ल्यूई संयुक्त राज्य विजेता बन्न सफल भएका थिए।
ओर्टनले डब्ल्यूडब्ल्यूईसँगको १५ वर्ष भन्दा बढीको कार्यजीवन अन्तर्गत ९ पटक डब्ल्यूडब्ल्यूई उपाधि र ४ पटक डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट उपाधि जित्न सफल भएका थिए। सन् २०१३ मा आयोजित टेबुल लेडर एन्ड चियर नामक एक वार्षिक कार्यक्रममा ओर्डनले तत्कालीन डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता जोन सिनालाई पराजित गर्दै उक्त उपाधि जित्न सफल भएका थिए भने त्यसपछि डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट उपाधिलाई डब्ल्यूडब्ल्यूई उपाधिसँग समायोजन गरिएक थियो जसकारण उनी अन्तिम डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट विजेता बनेका थिए। जोन सिना, ट्रिपल एच र रिक फ्लेयर सबैभन्दा बढीपटक डब्ल्यूडब्ल्यूई उपाधि जित्ने कुस्ती खेलाडी हुन् भने उनले हालसम्म १४ पटक डब्ल्यूडब्ल्यूई उपाधि जित्न सफल भएका छन्।[14][15] सन् २०१४ मा आयोजित मनी इन द बेङ्क नामक एक वार्षिक कार्यक्रममा मनी इन द बेङ्क नामक उपाधि जितेका थिए भने यस अघि सन् २००९ र सन् २०१७ मा आयोजित रोयल रम्बल ओर्टनले जित्न सफल भएका थिए। उनी हालसम्म डब्ल्यूडब्ल्यूईद्वारा आयोजित केही वार्षिक कुस्ती कार्यक्रमको अन्तिम खेलमा समावेश भएका छन्।
रेन्डल किथ ओर्टनको जन्म सन् १९८० अप्रिल १ का दिन संयुक्त राज्य अमेरिकाको नोक्सभिल टिनेसी भन्ने ठाउँमा भएको थियो।[16] उनी एलियन र व्यावसायिक कुस्ती खेलाडी बब ओर्टन जुनियरका छोरा हुन्।[5][17] उनका हजुरबुबा बब ओर्टन, बुबा बब ओर्टन जुनियर र उनको काका बेरी ओर्टन सबै व्यावसायिक कुस्ती खेलाडी थिए जसकारण ओर्टन तेस्रो पुस्ताका कुस्ती खेलाडी बनेका थिए।[18][19][20] उनका नेथन नाम गरेका भाइ छन् जो एक हास्यव्यङ्ग्यकार हुन् भने उनको रेबेका नाम गरिकी एक बहिनी छन्।[21] उनका बुबा बबले उनलाई सानैदेखि कुस्ती क्षेत्रबाट टाढा रहन सुझाव दिँदै आएका थिए भने उनले उनलाई कुस्ती क्षेत्रमा प्रवेश गर्नु निकै सङ्घर्षपूर्ण छ भनेर भन्ने गरेका थिए।[5] ओर्टनले हेजेलउड केन्द्रीय उच्च विद्यालयमा शिक्षा हासिल गर्नका लागि भर्ना भएका थिए भने उनी त्यससमय एक अपरिपक्व कुस्ती खेलाडी थिए।[22] ओर्टनले सन् २००० मा सेन्ट लुइस मिसौरीमा स्थित मिसौरी रेस्लिङ एसोसिएसन नामक एक कुस्ती सङ्घ मार्फत व्यावसायिक कुस्ती कार्यजीवनको सुरुवात गरेका थिए।[23]
ओर्टनले कुस्तीमा आफ्नो अन्तिम चालको रूपमा आरकेओको प्रयोग गर्ने गरेका छन् जसको पुरा रूपमा उनीको वास्तविक नाम रेन्डल किथ ओर्टनबाट राखिएको थियो।[24][25] उनले आरकेओलाई आफ्नो अन्तिम चालको रूपमा प्रयोग गर्नु पूर्व उनले पन्ट किकको (खुट्टाले टाउकोमा प्रहार गर्ने चाल) प्रयोग गर्ने गरेका थिए तर उनीद्वारा अपनाइएको उक्त चाल घातक साबित भएका कारण यस चाललाई सन् २०१२ मा प्रतिबन्ध लगाइएको थियो।[26][27] यस्तो प्रकारको चालले खेलाडीको टाउकोमा गम्भीर चोट पुग्ने सक्ने खतराका कारण यसलाई सन् २०१२ मा प्रतिबन्ध गर्ने निर्णय डब्ल्यूडब्ल्यूईले गरेको थियो। सन् २०२० मा आयोजित ब्याकलास नामक एक वार्षिक कार्यक्रममा ओर्टनले यस चाललाई पुनः अपनाउन सुरु गरेका थिए भने ब्याकलासमा आयोजित एज विरुद्धको खेलमा उनी लामो समयपछि यसलाई पुनः अपनाउन थालेका थिए।[28][29] डब्ल्यूडब्ल्यूईसँग आवद्ध भएको केही वर्ष भित्रै उनले केही अनुभवी कुस्ती खेलाडीहरूलाई पराजित गरेका कारण उनलाई द लेजेन्ड किलरको उपमा दिइएको थियो भने त्यससमयदेखि उनको डब्ल्यूडब्ल्यूईमा निकै ख्याल प्राप्त भएको थियो।[30] उनको प्राय जस्तो कुस्ती खेलहरूमा उनीले सर्पले जस्तो अचानक आक्रमण गर्दै खेल जित्ने गरेका कारण उनलाई "द भाइपर" र "द एपेक्स प्रेडिटर" जस्ता उपनामहरू प्राप्त गरेका थिए भने उनी हालसम्म पनि यहि उपनामले प्रसिद्ध छन्।[31][32] उनी कहिलेकाँही कुस्तीमा खलनायकको रूपमा पनि प्रदर्शित हुँदै आएका छन्।
सन् २००७ सेप्टेम्बर २१ का दिन ओर्टनले समान्था स्पेनोसँग विवाह बन्धनमा बाँधिएका थिए।[33][34] सन् २०१२ मा उनीहरूको छुट्टिई सन् २०१३ को अन्त्यतिर सम्बन्धविच्छेद गर्नु अघि उक्त दम्पतीको एलाना मेरी ओर्टन नामक छोरीको सन् २००८ जुलाई १२ का दिन जन्म भएको थियो।[35][36][37] सन् २०१५ नोभेम्बर १४ का दिन ओर्टनले किम्बर्ली केस्लरसँग दोस्रो विवहा गरेका थिए।[38] उनीहरूको सन् २०१६ नोभेम्बर २२ का दिन ब्रोक्लेन रोज ओर्टन नामक छोरीको जन्म भएको थियो भने उनी ओर्टनको दोस्रो र केस्लरको चौँथो सन्तान थिइन्।[39][40] ओर्टनको परिवार हाल संयुक्त राज्य अमेरिकाको सेन्ट चार्लस मिसौरीमा बसोबास गर्दै आएका छन्।[41][42]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.