रगत
From Wikipedia, the free encyclopedia
रगत जीवजन्तुहरूको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ। यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ। विशेषत: धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ। मानव शरीरमा औसत ७.५ लीटर रगत हुन्छ।