यार्चागुम्बा
From Wikipedia, the free encyclopedia
यार्चागुम्बा དབྱར་རྩ་དགུན་འབུ། एक बहुमुल्य जडिबुटि हो । लामा हिमालीयान भोटे भाषामा यार्चाको अर्थ यार-དབྱར།-बर्ष चा-རྩ། घाँस बार्खेघाँस र गुन्बु गुन्-དགུན། हिउँदो बु-འབུ། किरा अर्थत हिउँदेकिरा हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps "head" र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्चागुम्बा नेपाल र तिब्बतདབྱར་རྩ་དགུན་འབུ། को हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्चागुम्बा भनिन्छ । यार्चागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ । यार्चागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ। जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले शेर्पा भाषामा यसलाई ‘यार्चागुम्बा’ भनिन्छ ।
यार्चागुम्बा | |
---|---|
यार्चागुन्बु मृत झुसिलकिराबाट उम्रदैँ | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | O. sinensis |
वैज्ञानिक नाम | |
Ophiocordyceps sinensis (Berk.) G.H.Sung, J.M.Sung, Hywel-Jones & Spatafora (2007) | |
पर्याय[1] | |
Sphaeria sinensis Berk. (1843) |