From Wikipedia, the free encyclopedia
मैथिल परिकारलाई मिथिला परिकार पनि भनिन्छ। यो भारतीय परिकार र नेपाली परिकारको एक भाग हो।[1] यो भारत र नेपालको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलहरूको परम्परागत खाना पकाउने शैली हो।[2]
मैथिल भोजनमा चामल, गहुँ, माछा र मासुका परिकारहरूको व्यापक प्रतिरूप र विभिन्न मसला, जडीबुटी र प्राकृतिक खाद्यवस्तुको प्रयोग गरिन्छ। विभिन्न कार्यक्रमहरू, भोज भतेर, विवाह, चाडपर्व र यात्राको लागि भोजनको प्रकारद्वारा भोजनलाई वर्गीकरण गरिएको छ।[3][4][5]
मिथिला भोजनको सेवा शैली फ्रान्सेली 'ताब्ला दोत'सँग थोरै समान छ, सबै तयारी पकवानहरू एकैसाथ थालमा पस्किने गरिन्छ र एकै पटक खाने गरिन्छ। यो परिकारको मुख्य भोजन भात, दाल, रोटी, तरकारी र अचार हो। यो चामल, दाल, गहुँको पिठो, सागसब्जी र अचारबाट तयार पारिएको हुन्छ। परम्परागत खाना पकाउने माध्यम तोरीको तेल हो। पाँचफोरन पाँचवटा मसलाको सामान्य मिश्रण हो जसमा जीरा, ज्वानो, कालो जीरा, सुप र मेथी हुने गर्छ र यो बङ्गालको पाँचफोरनसँग मिल्दोजुल्दो छ।
मौसम अनुसार मैथिल थाली प्रत्येक तीन चार महिनाको अन्तरमा परिवर्तन हुने गर्छ। मैथिल थालीमा मुख्यतया भात, रोटी, अचार, चटनी, दाल, साग र केही भिन्नताका साथ दुग्ध उत्पादहरू हुने गर्छ।
केही तरकारीलाई फुराउन र झान्नको लागि मैथिल व्यञ्जनमा वनस्पति तेल वा तोरी तेल र पाँचफोरन प्रयोग हुने गर्छ। शाब्दिक रूपमा पाँचफोरनलाई 'पाँच मसला' भनिन्छ जसमा जीरा, ज्वानो, कालो जीरा, सुप र मेथी हुने गर्छ।
एउटा उल्लेखनीय परम्परा भनेको 'धुँवायुक्त खाना' हो, खानामा कडा सुगन्ध ल्याउन रातो खुर्सानीलाई तेलमा धुँवा नउठुञ्जेलसम्म फुराएर प्रयोग गर्नुलाई जनाउँछ। धुँवायुक्त रातो खुर्सानीको प्रयोग चोखा तयार गर्नमा गरिन्छ। मैथिल परिकारमा प्रयोग हुने विभिन्न सब्जीका चोखाहरू पोलेर वा उसिनेर बनाइने गरिन्छ जसमा भान्टा, आलु, घिरौँला, पाटे घिरौँला, रामतोरियाँ र टमाटर बढी लोकप्रिय छन्।
मिथिला क्षेत्रका मानिसहरू मुख्यतया मांसाहारी परिकारमा खसी, बोका, कुखुरा, परेवा, हाँस र बट्टाईको मासु खाने गर्छन्। यस क्षेत्रका हिन्दू धर्मावलम्बीहरू गाई र भैँसीको दुध पिउने गरेता पनि त्यसको मासु खाँदैनन्।[21]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.