मेघना नदी
बङ्गलादेशको नदी / From Wikipedia, the free encyclopedia
मेघना नदी (बङ्गाली: মেঘনা নদী) बङ्गलादेशको प्रमुख नदीहरू मध्ये एक हो। यो गङ्गा नदीको उद्गम स्थल नजिक (डेल्टा) बनाउने तीन प्रमुख सहायक नदीहरू मध्ये एक हो। यी नदीहरूबाट विश्वको सबैभन्दा ठूलो डेल्टा, सुन्दरवन बन्दछ, यहाँ सुन्दरी नामक वन भएको कारणले यसलाई सुन्दरवनको डेलटा भन्ने गरिन्छ। यो बङ्गालको खाडीमा गएर आफ्नो गतिमा आउँछ। मेघना नदीमा पद्मा नदी, चाँदपुर जिल्लामा मिसिने गर्दछ र अन्ततः यो भोला जिल्लामा बङ्गालको खाडीमा मिसिन्छ।[1]
पूर्ण रूपले बङ्गलादेशको सीमाभित्र सीमित नदीहरूमा मेघना नदी सबैभन्दा बढी फराकिलो नदी हो। भोला जिल्ला नजिक एक बिन्दुमा यो नदी १२ किलोमिटरसम्म फराकिलो रहेको छ। आफ्नो अन्तिम स्थितिमा यो नदी लगभग सीधा रेखामा प्रवाहित हुने गरेको छ। आफ्नो धेरै नै शान्त र सौम्य दृश्यको भएपनि यो नदी प्रत्येक वर्ष धेरै नै मानिसहरूको ज्यान, धनजनी, गाईवस्तुको ज्यानको नोक्सानीको कारण बन्न पुग्छ। यस नदीमा डुङ्गा सेवा समेत चल्ने गर्दछ। यस नदीमा डुङ्गा पल्टेर र सानो बच्चाहरू डुबेर वार्षिक सयभन्दा बढीको मृत्यु हुने गर्दछ। खासगरी यो चाँदपुर जिल्ला नजिक आएर धेरै नै डरलाग्दो बन्न पुग्छ।[2]