मुम्बई
भारतको पश्चिमी तटमा स्थित भारतीय राज्य महाराष्ट्रको राजधानी / From Wikipedia, the free encyclopedia
मुम्बई (/mʊmˈbaɪ/; पूर्व नाम: बम्बई) भारतको पश्चिमी तटमा स्थित भारतीय राज्य महाराष्ट्रको राजधानी हो । यसको अनुमानित जनसङ्ख्या ३ करोड २९ लाख रहेको छ ।[9] यो भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको गठन सात सानो-सानो टापुहरूबाट भएको हो र यो बाँधद्वारा प्रमुख भू-खण्डबाट जोडिएको छ । मुम्बई बन्दरगाह भारतवर्षको उत्कृष्ट सामुद्रिक बन्दरगाह हो । युरोप, अमेरिका, अफ्रिका आदि पश्चिमी देशहरूसँग जलमार्ग वा हवाई मार्गबाट आउने जहाज यात्री तथा पर्यटक सबैभन्दा पहिले मुम्बई नै आउने गर्छन् यसकारण मुम्बईलाई भारतको प्रवेशद्वार भन्ने गरिन्छ ।
मुम्बई
Mumbai बम्बाइ बोम्बे | |
---|---|
उपनाम(हरू): सात टापुको सहर, सिटी अफ ड्रिम्स,[1] गेटवे टु इन्डिया, हलिउड अफ इन्डिया | |
देश | भारत |
राज्य | महाराष्ट्र |
जिल्ला | मुम्बई सिटी मुम्बई सुबुरबन |
पूर्व नाम | बोम्बे |
आधिकारिक भाषा | मराठी[2][3] |
मौलिक भाषा | मराठी र कोंकणी |
स्थापना | १५०७ |
नामकरण | मुम्बादेवी |
सरकार | |
• प्रकार | मेयर-परिषद |
• अङ्ग | एमसिजिएम |
• मेयर | स्नेहल अम्बेकर[4] (शिव सेना) |
• नगरपालिका प्रमुख | अजोय मेहता[5] |
क्षेत्रफल | |
• महानगर | ६०३ किमी२ (२३३ वर्ग माइल) |
• महानगर | ४,३५५ किमी२ (१,६८१.५ वर्ग माइल) |
उन्नतांश | १४ मिटर (४६ फिट) |
जनसङ्ख्या (२०११)[7] | |
• महानगर | १२,४४२,३७३ |
• क्रम | १औँ |
• घनत्व | २१०००/किमी२ (५३०००/वर्ग माइल) |
• महानगर | १८,४१४,२८८ २०,७४८,३९५(Extended UA) |
• मेट्रो क्रम | १औँ |
वासिन्दा | मुम्बईकर |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
जिप कोड | ४०० ००१ देखि ४०० १०७ |
क्षेत्रीय सङ्केत | +९१-२२ |
सवारी दर्ता | MH-०१ (केन्द्रीयl), MH-०२ (पश्चिम), MH-०३ (पूर्व), MH-४७ (उत्तर) |
वेबसाइट | www |
मुम्बई भारतको उत्कृष्ट वाणिज्यिक केन्द्र हो । यसको भारतको कुल कुल घरेलु उत्पादनमा ५% को भागेदारी छ ।[10] मुम्बई विश्वको सर्वोच्च दश वाणिज्यिक केन्द्रहरू मध्ये एक हो ।[11] भारतको प्राय जसो सबै बैङ्क तथा व्यापारिक कार्यालयहरूको प्रमुख कार्यालय तथा कयौं महत्त्वपूर्ण आर्थिक संस्थान जस्तै भारतीय रिजर्भ बैङ्क, बम्बई स्टक एक्स्चेञ्ज, नेशनल स्टक एक्स्चेञ्ज तथा अनेकौ भारतीय कम्पनीहरूको निगमित मुख्यालय तथा बहुराष्ट्रिय कम्पनीहरू मुम्बईमा अवस्थित छ । यसैकारण यसलाई भारतको आर्थिक राजधानी पनि भन्ने गरिन्छ। नगरमा भारतको हिन्दी चलचित्र तथा दूरदर्शन उद्योग पनि छ, जुन बलिउडको नामले प्रसिद्ध छ ।[12]