मकै
From Wikipedia, the free encyclopedia
मकै (अङ्ग्रेजी:Maize) (/ˈmeɪz/ MAYZ) ऐतिहासिक अमेरिकाली महाद्दिपमा विभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमा विकास भएको विश्वास गरिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, विभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
मकै | |
---|---|
मकैको भाले र पोथी प्रजनन अङ्ग सहितको चित्र | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Commelinids |
गण: | Poales |
कुल: | Poaceae |
उपकुल: | Panicoideae |
वंश: | Andropogoneae |
वंश: | Zea |
प्रजाति: | Z. mays |
वैज्ञानिक नाम | |
Zea mays L. | |
विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर, चितवनमा रेहेको छ ।