ढिँडो
From Wikipedia, the free encyclopedia
ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। नेपालमा पर्यटकको बढ्दो चापसँगै यसको पारखीहरू देश भित्र मात्र नभइ विदेशमा पनि रहेको पाइन्छ। यो खाना बनाउनको लागि केही खास सीपको जरुरत पर्दछ। यसलाई राम्रोसँग बनाउन जानिएन भने यसले अलि बेफाइदा पनि गर्नसक्छ। यो खाना मधुमेह, उच्च रक्तचाप, तथा युरिक एसिड जस्ता रोगका बिरामीहरूको लागि अत्यन्तै राम्रो हुन्छ।
![]() दिउँसोको खानाका लागि पस्केको कोदाको ढिँडो | |
परिकार | खाना |
---|---|
उत्पत्ति स्थान | नेपाल |
क्षेत्र वा राज्य | नेपाल र नेपालीहरूको बसोबास भएको भारतका दार्जिलिङ तथा सिक्किम, म्यानमार, तिब्बत र भुटानका क्षेत्रहरूमा |
मुख्य सामग्रीहरू | मकै, गहुँ, फापर अथवा कोदोको पिठो र पानी |
विभिन्नता | मकैको ढिँडो, गहुँको ढिँडो, फापरको ढिँडो, कोदोको ढिँडो |
ढिँडो बनाउन आवश्यक सामग्रीहरू
मकै, गहुँ, फापर अथवा कोदोको पिठो र पानी
बनाउने तरीका
पानी उमाल्ने पिठोलाई विस्तारै त्यो पानीमा हाल्दै चलाउँदै जाने। राम्रोसँग नफिटियुन्जेल चलाउने। सबै डल्ला/गिर्खा फुटिसकेपछि राम्रोसित चलाउने (मस्काउने) र पाकेपछि निकाल्ने।[१] [२]
गुन्द्रुक, दही, अचार, सिस्नुको खोले, दाल आदिसँग ढिँडो खाँदा स्वादिष्ट हुन्छ।
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.